News Category 2076/02/12
अदालतको आदेशको अवज्ञा
राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भौतिक स्वरुप परिवर्तन गर्ने गरि सार्वजनिक पोखरीमा भइरहेको माटो पुर्ने काम रोक्न उच्च आदालत जनकपुर–राजविराज इजलाशले विपक्षिको नाममा जारि गरेको अल्पकालिन अन्तरिम आदेशको अवज्ञा गरिएको छ ।
डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित सार्वजनिक पोखरीमा माटो पुरेर भौतिक स्वरुप परिवर्तन गर्न लागेकोमा तिब्र असन्तुष्टि जनाउँदै स्थानियवासीको तर्फबाट सोही वडा निवासी रामलखन यादवले जेठ ४ गते डाक्नेश्वरी नगरपालिका, वडा नं. ९ कार्यालय र वडा अध्यक्ष कर्णदेव चौधरीलाई विपक्षि बनाई उच्च अदालत जनकपुर–राजविराज इजलाशमा निषेधाज्ञा मुद्दा दायर गरेका थिए ।
सो मुद्दा उपर सुनुवाई गर्दै जेठ ७ गते बालेन्द्र रुपाखेतीको एकल इजलाशले तत्काल उक्त सार्वजनिक पोखरीमा माटो पुर्ने र भौतिक स्वरुप परिवर्तन गर्ने काम नगर्नु नगराउनु भनी विपक्षिाको नाममा अल्पकालिन अन्तरिम आदेश जारि गरेको थियो ।
आदेशमा दुबै पक्षलाई आ–आफ्नो प्रमाणसहित छलफलका लागि जेठ १२ गते बोलाइनुका साथै तत्काल सो विवादित सार्वजनिक पोखरीमा स्वरुप परिवर्तन गर्ने गरि कुनै काम नगर्नु नगराउनु उल्लेख भएपनि निर्माण कार्य अझ जारि रहेको स्थानियवासी एवं पूर्व प्रध्यापक भागवत यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ