News Category 2076/02/12
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
राजविराज÷राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले सप्तरीको जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत रहेको बताएका छन् ।
शनिबार राजविराजमा जिल्लाका संचारकर्मीहरुसँग भटघाटका क्रममा उनले जिल्लाको समस्या समाधान र विकासका निम्ति आफू जहिले पनि प्रयासरत रहिरहने बताए ।
संचारकर्मीहरुको एक जिज्ञासामा राजविराजमा रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान संचालन हुनेमा कसैले शंका नगर्न भन्दै दुई तिन दिनमै यसको अनुभुती हुनेमा जिल्लावासीलाई विस्वस्त हुन आग्रह गरे ।
राष्ट्रिय सभा सदस्य प्याकुरेलले मिडिया विधेयक प्रति सरकार गम्भिर रहेको भन्दै यसप्रति संचारकर्मीहरुलाई कुनै आंशका नगर्न आग्रह गरे । उनले मिडिया विधेयकले संचारकर्मीहरुप्रति कुनै प्रकारको विभेद नगर्ने तथा संचारकर्मीहरुले सो विधेयकमाथी संशोधन गर्नका लागि उठाएका बुँदालाई सरकारले संसदमा छलफल गरेर जिम्मेवारपूर्वक संशोधन गर्न बताए ।
नेकपाका प्रदेश २ सचिव समेत रहेको राष्ट्रिय सभाका सदस्य प्याकुरेलले जिल्लाको समग्र विकासमा नेकपाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई तिहाईको बहुमत रहेको नेकपाले मुलुकमा सात मध्येृ ६ प्रदेशमा सरकार चलाइरहेको भन्दै प्रदेश २ मा समेत ठूलो पार्टी रहेको स्मरण गराए ।
संचारकर्मी भेटघाटका क्रममा प्रदेश २ का सदस्य हिरण्य कुमार गुप्ता, सुखराम यादव लगायत पार्टीका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ