News Category 2076/02/12
सप्तरीका ९० परिवार सम्पर्कविहीन
राजविराज÷वर्षायाममा पानीको मुहान नै थुन्ने गरि भारतीय पक्षले एकतर्फ रुपमा बनाउने बाँधका कारण जिल्लाको विभिन्न भुभाग डुवानमा पर्ने गरेको समस्या समाधान हुन नपाउँदै पुनः त्यस्तै प्रकृतिको व्यवहारले हनुमाननगर कांकालिनी नगरपालिकाको ९० परिवार सम्पर्क बिहीन भएका छन् ।
पछिल्लो पटक कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा हनुमाननगर कंकालनी नगरपालिका १२ गोबरगाढा गाउँका ९० परिवार सम्पर्क बिहीन भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहका अनुसार उक्त बस्तीको पश्चिमतर्फबाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो । उक्त च्यानलमा पानी छोड्दा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्नेमा भारतीय पक्षले सो बारे कुनै जानकारी नै नगराई एक्कासी पानी छोडेपछि त्यस क्षेत्रका बासिन्दाको यस्तो हाल भएको हो ।
आपत्तकालिन बचाऊका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगाहरु समेत पानीले बगाएर लगेको साहले जानकारी दिएका छन् । यसका अतिरिक्त गाउँलेहरुले घरआंगनमा राखेको काठ, दाउराका साथै केही पशुचौपायसमेत पानीको बेगले बगाएर लगेको प्रमुख साहले जानकारी दिएका छन् ।
सम्पर्क बिहीन भएकाहरुसँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, “तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।” उनले यस्तै अवस्था जारि रहे स्थिति झन विकराल हुने अवस्था देखिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ