News Category 2076/02/13
राज्यले मधेस र मधेसीसँग अझै विभेद गरिरहेको छ ः उपेन्द्र यादव
दैनिक समाचारदाता
जनकपुर, १२ जेठ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादबले राज्यले मधेस र मधेसीसँग अझै विभेद गरिरहेको बताएका छन् ।
समाजवादी पार्टी नेपालको प्रादेशिक अभुमुखीकरण कार्यक्रमलाई आइतबार जनकपुरमा सम्बोधन गर्दै उनले संघीय सरकारले प्रदेशलाई कुनै अधिकार दिन न चाहेको आरोप समेत लगाए ।
संघीय सरकार प्रति कड़ारुपमा प्रस्तुत हुदै उनले संविधानमा पहिचान र समाबेशीलाई आत्मसात नगरेसम्म मधेसी चुप लागेर नबस्ने स्पष्ट पारे । अहिलेको निर्वाचन प्रणाली पनि परिवर्तन गरी सामानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने तर्क उनको छ ।
उनले नेपालको यो संबिधानमा अहिले सबैको पहिचान न खुलेकोले गर्दा यो पहिचान विरोधी संविधान बनेको जिकिर गर्दै अहिलेको संविधान अधुरो अपुरो रहेको बताए । संविधानमा सबैको पहिचान जवसम्म समेटिदैन तब सम्म मधेसले संविधान स्वीकार नगर्ने उनले बताए ।
मधेसको जनविद्रोहकै कारण संघीय प्रणाली आएको ठोकुवा गर्दै उनले अझै पनि संघीय प्रणालीको भावना अनुसार मुलुक अघि नबढेको बताए । आर्थिक विकासका लागि आर्थिक नीति नै गलत भएको जिकिर गर्दै सरकारको अहिलेको नीतिले गर्दा गरीव झन गरीब हुंदै गएको र धनी झन धनी भएको पनि उपप्रधानमन्त्री यादवले उल्लेख गरे ।
उनले मुलुकको सबै उद्योग काँग्रेसले बर्बाद पारेको दावी गर्दै नेकपाको अदूरदर्शिताको कारण मुलुक झनै बर्बादको अवस्थामा पुगेको आरोप लगाए ।
पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबु राम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही मायनेमा राष्ट्रिय एकता कायम गर्ने दावी गरे । उनले हालको संविधानले राष्ट्रको सार्वभौम सत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभए सम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गरे । पहिलो संविधान सभाको क्रममा तत्कालिन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणालीनै मुलुकको आवश्यकता रहेको जिकीर समेत गरे ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदन हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकताले एउटा राष्ट्रिय अभिभारा पुरा गरेको उल्लेख गर्दै समाजवादी पार्टीले अगामी दिनमा देशकै नेतृत्व लिने दावी गरे ।
मुख्यमन्त्री राउतले पार्टीको समावेशी संरचना, पार्टीले लिएको सिद्धान्त बारे गाँउ गाँउमा पुर्याउनु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।
पार्टीका केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश २ अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य उर्मिला साह, राम रिझन यादव, प्रदेशका मुख्य सचिव शम्भु झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ