News Category 2076/02/13
मोटरसाइकल र बस ठोकिदा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ८ स्थित सडक खण्डमा सोमबार दिउँसो मोटरसाइकल र बस एकआपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दिउँसो ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख. ४६९२ नम्बरको यात्रु बाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१प. ६१८३ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ८ स्थित देवदह चौक नजिकै एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको सप्तरीको खडक नगरपालिका ४ बस्ने २० वर्षिय नवीन चौधरी र मोटरसाइकलको पछिल्लो सिटमा सवार सिरहाको लहान नगरपालिका १२ बस्ने २२ वर्षिय ओमप्रकाश चौधरीको मृत्यु भएको हो ।
मृतक दुबैको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइ पु¥याएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ