News Category 2076/02/14
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सप्तरीका उद्योगि व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि बिदाई तथा सम्मान गरेको छ ।
आफ्नो झण्डै ११ महिने कार्यकालमा जिल्लामा शान्ति सुरक्षाको अवस्था सृदृढ पारेको र नागरिक–प्रहरीको सम्बन्ध सुमधुर बनाएको भन्दै उद्योगी व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघ सप्तरीले उनलाई सम्मान र बिदाई गरेको हो ।
संघका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक विष्टले सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर बनाउने काम गरेकोले सम्मानसहित बिदाई कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रहरी उपरिक्षक विष्टले जिल्लामा भएका कतिपय घटना र विवादलाई नागरिकको समन्वयबाट समाधान गर्ने अवसर पाएकोमा आत्मसन्तुष्टि मिलेको सुनाए । उनले जागिर जिवनमा यहाँबाट पाएको सद्भाव, सहयोग र सम्मान नै आफ्नो सम्पत्ति भएको सुनाए ।
प्रहरी उपरिक्षक विष्टको सप्तरीबाट पोखरा सरुवा भएको छ । तीन दिनपछि कार्यक्षेत्रमा जान लागेका विष्टको स्थानमा मनोज कुमार यादव नयाँ एसपीको रुपमा आउँदैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ