News Category 2076/02/16
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको सघन उपचार कक्षको शैया नं. २१ मा उपचार गराइरहेका एक बिरामीको आफन्त नभेटिदा प्रहरी र अस्पताल प्रशासन हैरान भएका छन् ।
मोरंग जिल्ला विराटनगर उपमहानगरपालिका घर बताउने ५० वर्षिय दिल कुमार लिम्बु हाल वेवारिसे अवस्थामा छन् । उनले बताएको ठेगानामा आफन्त नभेट्दा प्रहरी र अस्पताल प्रशासन हैरान भएका हुन् ।
उनलाई मानवीय संवेदनशीलताको कारण अस्पतालका चिकित्सक, नर्स र ड्यूटीमा रहेका प्रहरीले उपचार र सेवा प्रदान गरिरहेका छन् । उनलाई गत ९ जेठमा सप्तकोशी नगरपालिका ४ फत्तेपुरको बलारदह चौक नजिकै वेहोस अवस्थामा फेला पारी स्थानीय र प्रहरीको सहयोगमा अस्पतालको सघन उपचार कक्षमा भर्ना गराइएको थियो ।
चिन्ताजनक अवस्थामा देखिएपछि चिकित्सकको सल्लाह अनुसार सघन उपचार कक्षमा भर्ना भएको एक साता बित्न लाग्दा पनि उनका कोही आफन्त आएका छैनन् । अवस्थामा केही सुधार आउँदै गर्दा उनले भनेको ठेगानामा सम्पर्क गर्दा पनि कोही आफन्त फेला नपरेको अस्पतालमा ड्यूटीरत प्रहरी हवल्दार रामशंकर यादवले बताए ।
सघन उपचार कक्षमा लाग्ने सबै उपचार खर्च मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको निर्देशनमा निःशुल्क उपलब्ध गराएका छौ, सघन उपचार कक्षका सिनियर अहेव विजयकान्त झाले भने–तर यति दिन बितिसक्दा पनि उनका कोही आफन्त नआउँदा समस्या भएको छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ