News Category 2076/02/16
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरी क्रिकेट संघको बुधबार राजविराजमा सम्पन्न विशेष साधारण सभाबाट आयुष श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल क्रिकेट संघलाई जिल्लाहरूको विशेष साधारण सभाबाट फुकुवा गर्नका लागि बिवादित १९ जिल्ला मध्ये सप्तरीमा पनि नयाँ कार्यसमिति चयन गरिएको हो ।
विशेष साधारण सभाबाट उपाध्यक्षमा धर्मेन्द्र चौधरी तथा कोषाध्यक्षमा तुलानाथ माझी बन्द सत्रवाट सर्वसम्मतिले चयन भए भने बन्द सत्रमा सचिव पदमा सहमति हुन नसक्दा चुनावी प्रक्रियाबाट सचिवमा चन्दनकुमार यादब निर्वाचित भएको छन् ।
यसैगरी सदस्यहरूमा ईरसाद अंसारी, सतिश कुमार, सिँह, जगरनाथ साह, रंजित चौधरी, रोशन मण्डल, मोहम्मद अनवर अली, निरज सिँह, डम्वर नारायण दास, बिरेन्द्र कुमार यादब, मनोज साह, संजय सिँह कार्की सर्वसम्मतिवाट चयन भएको निर्वाचन समितिका संयोजक गिरिष चन्द्र झाले जानकारी दिए ।
बुधवार सम्पन्न विशेष साधारण सभाको उद्घाटन सत्रमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, जिल्ला खेलकुद बिकास समिति सप्तरी उपाध्यक्ष धिरू वर्मा, पुर्व राष्ट्रिय खेलाडी राजकुमार दास, सुरेन्द्रनाथ सिंह, पुर्व सचिव ई. ईन्द्रनारायण देव, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
आईसिसिले नेपाल क्रिकेट सँघको अधिबेशनको लागि स्वतन्त्र प्यानल समिति गठन गरी जिल्लाहरूको विशेष साधारण सभा गरिने जिम्मेवारी बमोजिम सप्तरीका लागि दुई जना प्रतिनिधि पठाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ