News Category 2076/02/16
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरी क्रिकेट संघको बुधबार राजविराजमा सम्पन्न विशेष साधारण सभाबाट आयुष श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल क्रिकेट संघलाई जिल्लाहरूको विशेष साधारण सभाबाट फुकुवा गर्नका लागि बिवादित १९ जिल्ला मध्ये सप्तरीमा पनि नयाँ कार्यसमिति चयन गरिएको हो ।
विशेष साधारण सभाबाट उपाध्यक्षमा धर्मेन्द्र चौधरी तथा कोषाध्यक्षमा तुलानाथ माझी बन्द सत्रवाट सर्वसम्मतिले चयन भए भने बन्द सत्रमा सचिव पदमा सहमति हुन नसक्दा चुनावी प्रक्रियाबाट सचिवमा चन्दनकुमार यादब निर्वाचित भएको छन् ।
यसैगरी सदस्यहरूमा ईरसाद अंसारी, सतिश कुमार, सिँह, जगरनाथ साह, रंजित चौधरी, रोशन मण्डल, मोहम्मद अनवर अली, निरज सिँह, डम्वर नारायण दास, बिरेन्द्र कुमार यादब, मनोज साह, संजय सिँह कार्की सर्वसम्मतिवाट चयन भएको निर्वाचन समितिका संयोजक गिरिष चन्द्र झाले जानकारी दिए ।
बुधवार सम्पन्न विशेष साधारण सभाको उद्घाटन सत्रमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, जिल्ला खेलकुद बिकास समिति सप्तरी उपाध्यक्ष धिरू वर्मा, पुर्व राष्ट्रिय खेलाडी राजकुमार दास, सुरेन्द्रनाथ सिंह, पुर्व सचिव ई. ईन्द्रनारायण देव, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
आईसिसिले नेपाल क्रिकेट सँघको अधिबेशनको लागि स्वतन्त्र प्यानल समिति गठन गरी जिल्लाहरूको विशेष साधारण सभा गरिने जिम्मेवारी बमोजिम सप्तरीका लागि दुई जना प्रतिनिधि पठाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ