News Category 2076/02/16
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे

दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
र्शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित महाबिर उच्च माविका विद्यार्थीहरु बिहीबार सडक जाम गर्दै आन्दोलित भएका छन् ।
प्रधानाध्यापक डम्बर सतरा विगत १५ दिनदेखी विद्यालयमा अनुपस्थित रहनुका साथै शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि आफूहरुलाई निशुल्क उपलब्ध गराउनु पर्ने पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै आक्रोसित विद्यार्थीहरुले प्रअ सतराबिरुद्ध सडकमा चर्को प्रदर्शन गर्नुका साथै दुई घण्टा चक्काजाम गरेका हुन् ।
पाठ्यपुस्तक बिना पढाई प्रभावित भइरहेको तथा पटक पटक प्रअ सतरालाई लिखित र मौखिक जानकारी गराउदा पनि कुनै चासो नदेखाएको विद्यार्थीहरुको भनाई छ ।
सरकारले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको भनिए पनि आफूहरुले प्रअ सतराको लापरवाहीकै कारण डेढ महिनादेखी पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरुको गुनासो छ ।
यता विद्यार्थीहरुले प्रदर्शन र चक्काजाम गरेको खबर पाएपछि पुगेका हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले प्रअ सतरासँग कुरा गरि अविलम्ब पाठ्यपुस्तकको व्यवस्था गर्ने आश्वासन दिई विद्यार्थीलाई सम्झाई बुझाई गरेपछि आवागमन सूचारु गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ