News Category 2076/02/17
एकै रात दुई पसलमा लाखौंको चोरी

दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सप्तरी सदरमुकाम राजविराजस्थित मेन रोडका दुई वटा पसलमा बिहीवार मध्यराती चोरी भएको छ ।
बिहीबर साँझदेखी वर्षासँगै चलेको हावाहुरीका कारण सबेरै पसल बन्द गरेर पसलेहरु घर गएका बेला मुख्य बाजारका दुई वटा पसलमा चोरी भएको हो ।
राजविराज ७ स्थित लक्ष्मी इलेक्ट्रोनिक्स र सोही पसलसँग टाँसिएका पुजा पान भण्डारमा भएको चोरीका घटनामा नगद २५ हजार, मोवाइल, रिचार्ज कार्ड, पेन ड्राइभ, मेमोरी कार्ड र क्यामरा गरी करीब ३ लाख १० हजारको चोरी भएको पीडितहरुले बताएका छन् ।
“बिहान पसल खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको लक्ष्मी इलेक्ट्रोनिक्सका संचालक बेचु दासले बताए । उनका अनुसार पसलबाट नगद र ११ थान मोवाइलसहित २ लाख ६० हजार रुपैयाँको सरसमान चोरी भएको हो ।
सोही पसलदेखि टाँसिएको पुजा पान भण्डारबाट ५० हजार बराबरको चोरी भएको संचालक रविन्द्र चौरसियाले बताए । चोरले चौरसियाकै पसल फुटाएर पहिला उनको पसलमा तथा त्यसपछि भित्रि दिवाल फुटाएर दासको पसलमा चोरी गरेको पाइएको डिएसपी भावेश रिमालले बताए ।
घटनास्थलबाट पसल र पर्खाल फोड्न प्रयोग गरिएको एक थान खन्तीसमेत प्रहरीले बरामद गरेको छ । पीडितको जाहेरीको आधारमा आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी रिमालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ