News Category 2076/02/18
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला
राजविराज÷राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयको नेतृत्वमा स्थानिय बजारमा दैनिक उपभोग्य बस्तुमा मिसावट, बासी र सडेगलेका सामाग्रि तथा म्याद सकिएको सामाग्रि बिक्रि बितरण भइरहेको जनगुनासोपछि शनिबार राजविराज बजारको विभिन्न पसलहरुको अनुगमन गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालय र राजविराज नगरपालिकाले स्थानिय प्रशासनको समन्वय र सहयोगमा शनिबारदेखी बजार अनुगमनलाई तीब्र बनाएको हो ।

लगतार तीन दिनसम्म नगर क्षेत्र भित्र गरिने अनुगमनको पहिलो दिन नगर क्षेत्रभित्र संचालित एक दर्जन मिठाई पसल, होटल र किराना पसलको अनुगमनका क्रममा अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला पारिएको छ ।
त्यस्तै तीन वटा पसल प्रक्रिया पुरा नगरी संचालनमा रहेका पाइएकोले तीन दिन भित्र प्रकृया पुरा गर्न अन्यथा शिलबन्दी गरिने चेतावनीसहितको कागजात गराइएको टोलीमा संलग्न राजविराज नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादवले जानकारी दिइन् ।
उपप्रमुख साधना झाले पसलमा भेटिएका वासी, सडेगलेका तथा म्याद गुज्रेका उपभोग्य सामाग्रि नियन्त्रणमा लिई तत्कालै नष्ट गरेकी थिइन् भने कतिपय तत्काल नष्ट गर्न नसकिने खाद्य बस्तु ट्रयाक्टरमा हाल्न लगाई सुरक्षित ठाउँमा लगी नष्ट गर्न कर्मचारीलाई निर्देशन समेत दिइन् ।
टोलीमा राष्ट्रिय मानवअधिकार आयोग कार्यालयका अधिकृतहरु क्रमशः मनमाया रानामगर, गणेशराज जोशी, रेखा दत्त, दिपक कार्की, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, प्रहरी निरिक्षक रिता पौडेल, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राष्ट्रिय उपभोक्ता मञ्चका राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मञ्चका रामनारायण यादव तथा संचारकर्मीहरुको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ