News Category 2076/02/19
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका नयाँ प्रहरी प्रमुख मनोज कुमार यादवले जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबाद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । शुक्रबार मात्र सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक यादवले जिल्लालाई सबल, सक्षम बनाउने क्रममा स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट नदिने दृढता व्यक्त गरेका छन् ।
उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसंग सम्झौता गर्न नसक्ने बताउँदै यसमा सहयोग गर्न संचारकर्मीहरुको सहयोग आवश्यक रहेको बताए ।
यस्तै प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी सुरक्षित सप्तरी, भयमुक्त सप्तरी निमार्ण गर्ने, जिल्लामा घटित अपराधको निश्पक्ष, न्यायिक एवं वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्घंन गरी प्रयोगमा ल्याइएको भेटिए कानुनी दायरामा ल्याउने, भुमिगत समुहको नाममा हुने अपराध, ठगी, तस्करी, लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघनरुपमा अघि बढाईने लगायतका योजनाहरु उल्लेख गरेका छन् ।
उनले प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका वावजुद पनि प्रहरीले वलवुताले भ्याए सम्म शान्ति सुरक्षाका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संचारकर्मीहरुले स्वागत तथा सफल कार्यकालको शुभकामना दिनुका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागी आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ