News Category 2076/02/21
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको घोषणा सभाबाट हरिनारायण चौधरीको अध्यक्षता १७ सदस्यीय जिल्ला कार्यसमिति सप्तरी गठन गरिएको छ ।
यसैगरी समितिको उपाध्यक्षमा मोहम्मद गणि, सचिवमा सोभित लाल यादब, सहसचिवमा सुश्री मंजु श्रेष्ठ र कोषाध्यक्षमा रोहित लाल दासलाई चयन गरिएको छ ।
त्यस्तै गठित समितिको सदस्यहरू देवनाथ साह, असर्फी लाल यादब, शिव नारायण परियार, बिश्वनाथ न्यौपाने, टंकनाथ साह, रामजी चौधरी, मीन बहादुर कार्की, तारादेबी चौधरी, अनिल कुमार अनल, कन्तलाल सदा, रामेश्वर खंग, रामदेब यादब, सर्वसम्मतिवाट छनौट गरिएको छ ।
यसैगरि सोही घोषणा सभाबाट ९ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको छ ।
जेष्ठ नागरिक समाज सप्तरीका तदर्थ समितिका संयोजक हरिनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक समाज नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त आचार्यले घोषणा सभाको उद्घाटन गर्दै संविधान प्रदत जेष्ठ नागरिकको अधिकारलाई कार्यान्वयन गराउन आबश्यकता अनुसार राज्य सँग माँग गर्ने बताए ।
सो अवसरमा पुर्व मन्त्री उमेश कुमार यादब, नेकपा केन्द्रीय सदस्य रामपृत पासवान, प्रदेश सासंद गोबिन्द न्यौपाने, पुर्व सासंद हिरालाल चौधरी, दानालाल चौधरी, असर्फि सदा, पुर्व सासंद तथा युग गायक जे.वि. टुहुरे, मधु गुरूङ्ग, कंचनरूप नगरप्रमुख वसन्त मिश्र, सांस्कृतिक मंचका पुर्व केन्द्रीय उपाध्यक्ष शंकर देवकोटा, समाजवादी पार्टी नेपाल सप्तरी अध्यक्ष केदार यादब, राजपा संयोजक अमरनाथ मण्डल, जेष्ठ नागरिक रमेश अर्याल, सुखराम यादब, भागवत यादब, नथुनी दास, सिरहा पुर्व सासंद धर्मनाथ यादबलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपालका जनप्रिय युग गायक जे.वि. टुहुरे लगायतका बरिष्ठ कालाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । घोषणा सभामा जिल्लाका सयौ भन्दा बढी जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ