News Category 2076/02/21
६९ जना छात्रालाई साईकल वितरण
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
प्रदेश २ का भूमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साले आफ्नो निर्वाचन क्षेत्र विकासीय कोष अन्तर्गत सप्तरीको पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका ६९ छात्राहरुलाई साईकल वितरण गरेका छन् ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश सभासद मन्त्री साहको संसदीय विकासीय कोष अन्तर्गत उक्त विद्यालयका ६९ छात्रा र २ विद्यालयलाई जम्मा ७१ वटा साईकल मंगलबार वितरण गरेका हुन् । कक्षा ८ बाट उत्तिर्ण गरी कक्षा ९ मा अध्ययनरत ६९ जना छात्रालाई साईकल वितरण गरिएको जनाइएको छ ।
साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् । सामुदायिक र निजी विद्यालयमा देखिएको अन्तरलाई प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि विभिन्न नीति ल्याएको समेत बताए ।
विद्यालयका प्रधानाध्यापक प्रभास कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, समाजवादी फोरम नेपालका मधेश प्रदेशका मुख्य सचिव शम्भु कुमार झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने राजपा नेपाल सप्तरीका उपाध्यक्ष निरज कुमार झाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ