News Category 2076/02/22
विश्व वातावरण दिवसमा त्रियुगामा बाँसको बिरुवा रोपिए

चन्दनकुमार यादव
फत्तेपुर, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदिको तदबन्धमा बिपद न्युनिकरण, तथा बाढी नियन्त्रण गर्नका लागि बाँसको बिरूवा रोपेर मनाइएको छ ।
सप्तकोशी नगरपालिका नगरप्रमुख उत्तम गौतमले एक कार्यक्रम बिच वडा ३ स्थित सखुवनीको त्रियुगा नदि वरिपरी बाँस तथा बृक्षारोपन गरे ।
सो अवसरमा प्रमुख गौतमले बर्षेनी त्रियुगा नदिमा आएको बाढीले सखुवनी लगायत यस क्षेत्रका विभिन्न बस्तीमा बाढीले ठुलो जनधनको क्षति हुने गरेकोले त्रियुगाको तटबन्धमा बोटबिरूवा तथा बाँस रोपेको उल्लेख गरे ।
बाँस रोपेर बाढी प्रभावित बस्तीलाई जोगाउन र यस क्षेत्रका बगर जग्गालाई बगरलाई उपयोग गरी बातावरणलाई सुरक्षति बनाई बाढी पीडितहरूलाई आर्थिक आम्दानी तर्फ उन्मुख गराउने उद्देश्य रहेको प्रमुख गौतमको भनाईछ ।
यसैगरी सो अवसरमा सप्तकोशी नगरउपप्रमुख आशा चौधरीले वायु प्रदुषण शान्त, अदृष्य तथा भयानक घातक समस्या भएकोले प्रयावर्ण जोगाउन सबैले आफनो ठाँउवाट बोटबिरूवा रोपी स्वच्छ वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले पृथ्बीको आवरण रूख भएकोले रूख रोपेर प्रयावरण जागाउनु पर्ने भएकोले सर्वसधारणमा जनजागरण गराउन त्रियुगा नदिको तटबन्धको संरक्षण र सम्बर्धन गर्न बोटबिरूवा रापेर बिवद ब्यबस्थापनलाई न्युनिकरण गर्ने सकिने बताए ।
त्यस्तै वडा नम्वर ३ स्थित बाढी प्रभाबित क्षेत्र मै रहेको आधारभुत बिधालय सखुवनीमा नगरप्रमुख उत्तम गौतम, उपप्रमुख आशा चौधरी, केभिएसका देब नारायण यादब र वडा अध्यक्ष देवकान्त चौधरीले बालवालिकाहरूलाई स्वच्छ बातावरणमा पठनपाठन गर्ने उदेश्यले बिद्यालय हाताभित्र तिन वटा अशोकको रूख र दुई वटा फुलको बोटबिरूवा बिधालयका रापेका बिद्यालयका प्रअ बाबुल बस्नेतले जानकारी दिए ।
त्रियुगा नदिको तटवन्धमा बिपद ब्यबस्थापन समिति सखुवनी र एल.डब्लु.आर.सि.टि.बिआर परियोजना अन्तर्गतको साझेदारीमा १ लाख ७३ हजारको लागतमा ४ सय बाँसको बिरूवा रोपन कार्यक्रमको ब्यानरको अनावरण गरेको केभिएसका कार्यक्रम संयोजक श्रवण कुमार चौधरीले बताए ।
वडा स्तरिय बिपद ब्यबस्थापन समिति, कोशी पिडित समाज, जनकल्याण कृषि संस्था, पंचनकन्या, हिमसिखर, समुदायिक, बिपद ब्यबस्थापन समिति सखुवनी तथा सि टिवआर प्रोजेक्टको सहयोगमा स्वच्छ वायु स्वस्थ जीवन नारा संघ प्रकोप पुर्व तैयारी हामी सबैको जिम्वेवारी सँग सप्तकोशी ३ सखुवनीको विभिन्न ठाँउमा नारा लगाउदाँ विश्व वातावरण दिवस मनाएको केभिएसका सुकदेब चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ