News Category 2076/02/22
विश्व वातावरण दिवसमा त्रियुगामा बाँसको बिरुवा रोपिए
चन्दनकुमार यादव
फत्तेपुर, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदिको तदबन्धमा बिपद न्युनिकरण, तथा बाढी नियन्त्रण गर्नका लागि बाँसको बिरूवा रोपेर मनाइएको छ ।
सप्तकोशी नगरपालिका नगरप्रमुख उत्तम गौतमले एक कार्यक्रम बिच वडा ३ स्थित सखुवनीको त्रियुगा नदि वरिपरी बाँस तथा बृक्षारोपन गरे ।
सो अवसरमा प्रमुख गौतमले बर्षेनी त्रियुगा नदिमा आएको बाढीले सखुवनी लगायत यस क्षेत्रका विभिन्न बस्तीमा बाढीले ठुलो जनधनको क्षति हुने गरेकोले त्रियुगाको तटबन्धमा बोटबिरूवा तथा बाँस रोपेको उल्लेख गरे ।

बाँस रोपेर बाढी प्रभावित बस्तीलाई जोगाउन र यस क्षेत्रका बगर जग्गालाई बगरलाई उपयोग गरी बातावरणलाई सुरक्षति बनाई बाढी पीडितहरूलाई आर्थिक आम्दानी तर्फ उन्मुख गराउने उद्देश्य रहेको प्रमुख गौतमको भनाईछ ।
यसैगरी सो अवसरमा सप्तकोशी नगरउपप्रमुख आशा चौधरीले वायु प्रदुषण शान्त, अदृष्य तथा भयानक घातक समस्या भएकोले प्रयावर्ण जोगाउन सबैले आफनो ठाँउवाट बोटबिरूवा रोपी स्वच्छ वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले पृथ्बीको आवरण रूख भएकोले रूख रोपेर प्रयावरण जागाउनु पर्ने भएकोले सर्वसधारणमा जनजागरण गराउन त्रियुगा नदिको तटबन्धको संरक्षण र सम्बर्धन गर्न बोटबिरूवा रापेर बिवद ब्यबस्थापनलाई न्युनिकरण गर्ने सकिने बताए ।
त्यस्तै वडा नम्वर ३ स्थित बाढी प्रभाबित क्षेत्र मै रहेको आधारभुत बिधालय सखुवनीमा नगरप्रमुख उत्तम गौतम, उपप्रमुख आशा चौधरी, केभिएसका देब नारायण यादब र वडा अध्यक्ष देवकान्त चौधरीले बालवालिकाहरूलाई स्वच्छ बातावरणमा पठनपाठन गर्ने उदेश्यले बिद्यालय हाताभित्र तिन वटा अशोकको रूख र दुई वटा फुलको बोटबिरूवा बिधालयका रापेका बिद्यालयका प्रअ बाबुल बस्नेतले जानकारी दिए ।
त्रियुगा नदिको तटवन्धमा बिपद ब्यबस्थापन समिति सखुवनी र एल.डब्लु.आर.सि.टि.बिआर परियोजना अन्तर्गतको साझेदारीमा १ लाख ७३ हजारको लागतमा ४ सय बाँसको बिरूवा रोपन कार्यक्रमको ब्यानरको अनावरण गरेको केभिएसका कार्यक्रम संयोजक श्रवण कुमार चौधरीले बताए ।
वडा स्तरिय बिपद ब्यबस्थापन समिति, कोशी पिडित समाज, जनकल्याण कृषि संस्था, पंचनकन्या, हिमसिखर, समुदायिक, बिपद ब्यबस्थापन समिति सखुवनी तथा सि टिवआर प्रोजेक्टको सहयोगमा स्वच्छ वायु स्वस्थ जीवन नारा संघ प्रकोप पुर्व तैयारी हामी सबैको जिम्वेवारी सँग सप्तकोशी ३ सखुवनीको विभिन्न ठाँउमा नारा लगाउदाँ विश्व वातावरण दिवस मनाएको केभिएसका सुकदेब चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ