News Category 2076/02/23
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य चौकीमा नियमित कर्मचारी आउँदैनन्
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीको महादेवा गाउँपालिका ५ स्थित स्वास्थ चौकी भगवतपुरमा नियमित कर्मचारी कार्यालयमा नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । सो गाउँपालिका उपप्रधानमन्त्रि तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको पूर्खौली गाउँ समेत हो ।
यसैबीच बिहीबार सो गाउँपालिका वडा नं. ५ दुर्गापुरकी गर्भवति महिला पुनिता देवी मण्डल, जिन्ता देवी मण्डल र नेहा देवी मण्डल स्वास्थ्य चौकीमा १२ वजेसम्म बस्दा समेत कर्मचारी कार्यालयमा नआउँदा निरास भएर फर्केका छन् ।
यता स्वास्थ चौकी भगवतपुरका प्रमुख शकुन्तला देवी मण्डलले बिहीवार इद उल फित्र पर्वको विदा भनेर कर्मचारी नआएको जानकारी दिएकी छन् ।
स्थानिय सेवाग्राहीका अनुसार कर्मचारी नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको महादेवा गाउँपालिका ५ भगवतपुरका राजाराम मण्डलले गुनासो गरे । सो स्वास्थ चौकी भगवतपुरमा प्रमुख शकुन्तला देवी मण्डल, उपनारायण यादव, निरुता केसी, बुधसेन दास लगायतका कर्मचारी रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ