News Category 2076/02/25
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती
राजविराज÷राजविराज नगरपालिका वडा नं. १६ बोरिया निवासी किराना व्यवसायी तुलसी दासको १३ दिनदेखी अवस्था अज्ञात रहेको छ । उनी घरबाट निस्किएको शनिबार तेह्रो दिन सम्म पनि फर्केका छैनन् ।
शनिवार दासकी श्रीमती सोमिन्द्रा देवी दासले पत्रकार सम्मेलनको आयोजना गर्दै उनकै साथी राजविराज नगरपालिका ९ वस्ने रेशमलाल यादवको योजनामा अपहरण गरिएको दावी गरेकी छिन् ।
उनले यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी निवेदन दिँदै छानविनका लागी उनलाई अविलम्ब पक्राउ गर्न माग गरेकी छिन् । ४५ वर्षिय दास गत जेठ १३ गते विहान ८ बजे तिर घरबाट ५० हजार रुपैया लिएर निस्केका थिए । त्यतिबेला उनले सर्लाहीमा एक वैवाहिक कार्यक्रममा सरिक हुने र त्यस पछि फर्किदा पसलका लागि केही किनमेल गर्ने भन्दै ५० हजार रुपैया बोकेको पत्नी सोमिन्द्रालाई बताएर हिडेका थिए ।

जेठ १३ गते नै यादव घर आएको र उनीसंगै हिडेको पति दास १४ गते साँझदेखि सम्पर्क विहिन भएको आधारमा नै अपहरण भएको पत्रकार सम्मेलनमा दासकी पत्नी सोमिन्द्राले दावी गरिन् । पति सम्पर्क विहिन भएदेखि नै उनिसंगै हिडेका यादव फरार हुनुले पनि दावीलाई पुष्टि गर्छ सुमिन्द्राको भनाई छ ।
यद्धपी अहिले सम्म अपहरणकारीबाट कुनै माग नआएको उनले बताईन । जेठ १४ गते दिउसो १ बजे तिर दासले बोक्ने ९८१९७३१४७१ नम्बरको मोबाईबाट अन्तिम पटक कुरा हुँदा यादवसँगै आफू रहेको र भोली पल्ट घर फर्किने बताएपछि स्वीचअफ भएको मोबाइल अहिले सम्म चालु नभएको उनले सुनाइन ।
उनले यादवकै संलग्नतामा योजनाबद्ध तरिकाले पति दासको अपहरण गरिएको दाबी गर्दै पतिको अवस्था पता लगाउने कार्यमा पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीहरुलाई पनि आग्रह गरिन् ।
यता घटनाको अनुसन्धान गरिरहेका वडा कार्यालयका सई हिलस कुमार सिंहले व्यवसायी दासको अवस्था पत्ता लागउन प्रहरीले कुनै कसर बाँकी नराखेको र दिनरात काम गरिरहेको बताएका छन् । दास परिवारले यादवको नाममा किटानी निवेदन दिएकाले यादव परिवारका सदस्यहरुलाई झिकाई निरन्तर दवाव र अनुसन्धान तिब्र बनाएको सई सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ