News Category 2076/02/26
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी छिन्नमस्ता गाउँपालिकाले १३ बुँदे माँग राख्दै आइतबार गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
सो ज्ञापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला सम्न्बय समितिको कार्यालय राजविराज र पत्रकार महासंघको कार्यालय राजविराज, सप्तरीलाई वोदार्थ समेत गरिएको छ ।
बुझाइएको ज्ञापनमा गाउँपालिकामा संचालित विभिन्न योजनाहरुको जानकारी, आ.व. २०७४÷०७५ को प्रथम गाँउसभावाट स्वीकृत भएको योजनाहरु मध्ये कार्य सम्पन्न भैसकेको योजना तथा कार्यक्रमहरुको लागत स्टीमेट तथा कार्य सम्पन्न मुल्याङकन प्रतिवेदन सहित उक्त आ.व. को योजना को वार्षिक प्रतिवेदन लगायत जनसरोकारका विषयहरुको सूचना पटकपटक माँग गर्दा समेत विभिन्न वहाना वनाई आलटाल गरिरहेको जनाइएको छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयहरुको नँया विद्यालय अनुमति पत्र तथा कक्षा अपग्रेडको शिक्षा समितिबाट गरिएको निर्णय तथा कुन कारणले सञ्चालन अनुमती नदिएको लगायतका माँग गरिएको छ ।
हालसम्म गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा नागरिक वडा पत्रको व्यवस्था किन हुन नसकेको ? सो को अविलम्ब व्यवस्था गर्न माँग, गाउँपालिका कार्यालय तथा प्रत्येक वडा कार्यालयहरु को सम्पूर्ण चल अचल सम्पतीको अभिलेख, तथा खरीदको वील भरपाई उपलब्ध गराउन माँग गरिएको छ ।
सोही ज्ञापनमा गाउँपालिकाको आ.व. २०७४÷०७५ को प्रथम गाउँसभाबाट स्वकृत भएको योजना तथा कार्यक्रमहरु मध्ये लगभग ५०५ योजना तथा कार्यक्रमहरु सम्पन्न हुन नसकी बजेट फ्रिज भएको जनाइएको छ भने चालु आ.व. मा समेत पहिलाकै जस्तै कार्यशैली रहेको उल्लेख छ ।
ती माँगहरु सात दिन भित्र पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत सोही ज्ञापनमार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ