News Category 2076/02/26
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेलले सबै स्थानिय तहका प्रमुख तथा सरकारी कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह गरेका छन् ।
नेपालको सुचनाको हक सम्बन्धी ऐन २०६४ ले सुचनाको हक सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको कामको जानकारी आमसमुदायलाई हुनु आवश्यक रहेकाले सुचनाबाट कसैले बञ्चित नगर्ने सम्बन्धित निकाय सँग आग्रह समेत गरे ।
राष्ट्रिय सूचना आयोगद्वारा सूचनाको हक सम्बन्धी आइतबार राजविराजमा गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले लोकतन्त्रणमा सबै नागरिकलाई सुचनाको सुनिश्चित गराउन सबैको कर्तव्य भएकोले सुचनाको हकबाट कसैलाई बञ्चित गर्न नहुने बताए ।
लोकतन्त्र बलियो बनाउन आम समुदायको टोलटोलमा घरघरमा सुचनाको हक सम्बन्धी अधिकार पु¥याउने लक्ष्य आयोगको रहेको बताउदै उनले भने, “यसबाट भष्टाचार सुशासन र मुलुकलाई सुदिृढ गर्न ठुलो भुमिका खेल्छ ।”
आयुक्त पोखरेलले कुनै कार्यालयमा सुचनाको हक बमोजिम सुचना लिन दिएको निवेदन आधारमा नदिएमा सोझै राष्ट्रिय सुचना आयोगमा पुनरावेदन गर्न आग्रह समेत गरे । कुनै कार्यालयमा सुचना माँग जादाँ उजुरी दर्ता गर्न आलटाल गरेमा सिधै सुचना आयोगमा पुनरावेदन गरेमा आयोगको ईज्लासवाट समस्याको समाधान खोज्ने उनले उल्लेख गरे ।
अब चाडै सुचना आयोगले ईमेल मार्फत सुचना पहँुचलाई सबैमा पु¥याउने बताउदै यसका लागि ऐन संसोधन प्रक्रियामा रहेको उनले बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतमा आयोजित अन्तरक्रियामा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, जिल्लाका विभिन्न नगरपालिका गाउँपालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ