News Category 2076/02/27
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको बित्तिय सहयोग तथा जनज्योती कृषि सहकरी संस्था राजबिराज ९ मलेठको आयोजनामा सोमबारदेखी राजविराजमा ६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु भएको छ ।
तालिम उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सहकारी बैंक समेतले बैंकका शेयर सदस्यहरुको आबश्यक्ता अनुसार आधारभुत, मध्यम तथा उच्च स्तरका तालिमहरु संचालन गर्दै सहकारी संस्थाहरुको क्षमता तथा गुणस्तर सुधारमा सहयोग गर्दै आएको जानकारी दिएका छन् ।
जिल्लाका ५५ सहकारी संघ संस्थाबाट ५७ जनाको सहभागिता रहको तालिममा जिल्ला सहकारी संघ सप्तरीका लेखा समितिका संयोजक सचिन्द्र दास, जिल्ला बचत तथाऋण सहकारी संघ सप्तरीका अध्यक्ष तोयानाथ पोखरेल, सहकारी बैंकका राजबिराज शाखा प्रमुख बिष्णुप्रसाद पराजुली तथा प्रदेश मन्त्रालायका बिज्ञहरुले सहजिकरण गर्ने जनाइएको छ ।
जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराजका शाखा प्रमुख विष्णु प्रसाद पराजुली, जिल्ला सहकारी संघका लेखा संयोजक सचिन्द्र दास, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संचालक नरसिंह यादवले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ