News Category 2076/02/27
दुर्लभ रगत दान गरि भीमदल गणका जवानले जोगाए गर्भवती महिलाको ज्यान
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
संसारमा थोरै मानिसमा पाइने एबि नेगेटिभ रक्तको अभावमा जिवन र मृत्युको दोसाँधमा रहेकी एक गर्भवति महिलाको ज्यान सेनाले जोगाएका छन् ।
सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. ४ रुपनगर निवासी सुरेश कुमार मेहताकी २९ वर्षिया श्रीमती चम्पा कुमारी मेहता गर्भवति भई अस्पतालमा भर्ना हुँदा उनलाई रक्तको अभाव हुन सक्ने भनि एबि नेगेटिभ रक्तको जोहो गर्न अस्पतालले भनेपछि उनी र उनका परिवार चिन्तित भएका थिए ।
सो रक्तको जोहो गर्न गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र रहेको रक्त संचार केन्द्रमा पुग्दा सो रगत नरहेकोले उनका परिवार झनै अफ्ठ्यारोमा परेका थिए ।
सो अवस्थामा रक्त संचार केन्द्रले नेपाल प्रहरी, शसस्त्र प्रहरीमा समेत अनुरोध गर्दा नपाएपछि भीमदल गणलाई अनुरोध गरिएको र सो रगत भिम दल गणका ब.का.सि. राजेन्द्र बहादुर रावलमा रहेको गणपति गुप्त बहादुर कुँवरले जानकारी दिएका छन् । र लगत्तै रावलले चम्पा कुमारीलाई रक्तदान गरि उनको जिवन बचाउन सफल भएका छन् ।
दोश्रो बच्चाको जन्म दिने तरखरमा रहेकी चम्पालाई ब.का.सी कुवरले विश्वमै दुर्लभ मानिएको एबि नेगेटिभ रगत दिएर मानवताको परिचय दिएका अस्पताले जनाएको छ ।
रगत दिएपछि चम्पा कुमारीले सफलतापूर्वक बच्चा जन्माएकी छिन् । स्मरण रहोस् विश्वमा ज्यादै दुर्लभ मानिएको एबी नेगेटिभ रगत एक सय जना मध्ये १ जनासंग मात्र उपलब्ध हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ