News Category 2076/02/27
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
असार २ गतेबाट राजविराज हुने मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनमा पुरुष र महिला दुवै समावेश गरिने भएको छ ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालन हुने प्रतियोगिताको लागि यस बर्ष ५ टोलिको सहभागिता हुने सप्तरी क्रिकेट संघले जनाएको छ ।
राजबिराजस्थित प.बि.मा.बि.को खेल मैदानमा संचालन हुने प्रतियोगिता लिगको आधारमा खेलाईने छ । प्रतियोगिताका लागि अगामी जेठ ३१ गते खेलाडीहरुको अक्सन हुने तथा प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गराउन संघका सदस्य रोशन मण्डललाई प्रतियोगिता डाईरेक्टर समेत चयन गरिएको छ ।
यस्तै प्रतियोगिताका लागि डम्वरनारायण दास (शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्की रहने गरि उपसमिति समेत गठन गरिएको सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले जानकारी दिएका छन् ।
त्यसै गरि संघले दिएको जानकारी अनुसार यस पटक पहिलो महिला सप्तरी प्रिमियर लिगको आयोजना असार ९ गतेबाट हुने तथा सोका लागि समेत अक्सन असार ५ गते हुनेछ ।
महिला क्रिकेटको लागि सुरुंगा नगरपालिका र खडक नगरपालिकाले प्रायोजन गरेको छ भने सबल नेपालको मुख्य आयोजनामा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालन हुने सचिव यादवले जानकारी दिए ।
प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने जनाइएको छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने छन् ।
गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ