News Category 2076/02/28

बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 

दैनिक समाचारदाता

बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
    बोदेबरसाईन नगरपालिकाले बहुक्षेत्रिय पोषणा योजना कार्यक्रम संचालनमा ल्याएपछि सुनौलो हजार दिनका महिलाहरूको लागि कार्यक्रम प्रभाकारी बन्दै गएको छ ।
    नगरपालिका वडा नम्वर ३, ६, ४, ५, ६ र ७ का गरिव बिपन्न सुनौलो हजार दिनका महिलाहरूको लागी बहुक्षेत्रिय पोषण योजना कार्यक्रमले उनीहरूको ब्यबहारमा खानपिनमा र सरसफाईमा परिवर्तन ल्याएको छ । 
    बोदेबर्साइन नगरपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय कार्यक्रमले गर्भवती, सुत्केरी महिलाहरूलाई कुखुरा चल्ला, बिउबिजन कीट र सरसफाई को सामग्री बितरण गरेपछि उनीहरू उत्साहित भएका छन् ।


    जिल्लास्थित विभिन्न स्थानिय निकायमा संचालित बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूको कार्यक्रम प्रभावकारी भए न भएको अनुगमन गर्ने क्रममा देखिएको हो ।
    मंगलवार जिल्ला समन्वय समिति सप्तरीको प्रमुख प्रभाकर यादबको अगुवाईमा बोदेबरसाईन नगरपालिका वडा नम्वर ३, ६ नम्वर र अग्नीसाईर कृष्णा सवरण गाउपालिका वडा नम्वर ३ मा अनुगमन गरिएको हो ।
    बोदेबरसाईन नगरपालिकाले वडा ३, ४,५, ६, र ७ मा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत ३० जनाका दरले प्रत्येक सुनौलो हजार दिनका महिलाहरूलाई कुखुरा चल्ला ५ थान, बिउबिजनको कीट, सरसफाईको किट, मेवा, फलफुल र तरकारीको बिउबिजन बितरण भएको घरथुरीहरूमा अनुगमन गरिएको थियो ।
    वडा नम्वर ३ कुसमहारका सुनौला हजार दिन कार्यक्रमका बबिता देबी मण्डलले नगरपालिकाबाट पाएको तरकारीको बिउबिजनवाट राम्रो करेसावारी लगाएकी छिन । अहिले उनले  तरकारी बारीमा खिरा, वोडी, फर्सि राम्रो उत्पादन गरी दैनिक तरकारी खानुको साथै खिरा बेचेर केही आम्दानी समेत हुने गरेको बताईन ।
    त्यस्तै वडा ६ मल्हिनयाँका सुशील मरिकसहित त्यस टोलका ३० जना बिपन्न तथा अति गरिव परिवारका सुत्केरी तथा गर्भवती महिलाको ब्यबहारमा परिवर्तन ल्याउन र कुपोषणवाट जोगाउन कुखुराको चल्ला, सरसफाई कीट, बिउबिजन सहितको सामग्री बितरण गरेपछि उनीहरू उत्साहित भएका छन ।
    बोदेवरसाईन नगरपालिकाले आब ०७४÷०७५ देखि संचालित वडा नम्वर ३, ६, ४, ५, ६ र ७ का लागी बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि १९ लाख रूपैया छुटयाईएको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका जिल्ला संयोजक मनिष ठाकुरले जानकारी दिएका छन् । 
    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन टोलीका संयोजक प्रभाकर यादबले अनुगमन क्रममा बजेट बमोजिम खर्च नभएको र बितरण गरेको सामग्री स्तरिय बितरण गर्न स्थानिय निकाय सुझाव समेत दिए ।
    यसैगरी अग्नीसाईरकृष्णा संवरण गाउपालिका वडा १, २, ३, ४, ५ र ६ मा संचालित बहुक्षेत्रिय पोषण योजनाको समेत अनुगमन टोलीले अनुगमन गर्दै आबश्यक निर्देशन दिएको अनुगमन टोलीका सदस्य तथा कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादबले जानकारी दिए ।
    ज्ञान केन्द्रका प्रमुख यादबले तरकारीको बिउबिजन कीट र फलफुलको बोटबिरूवा दुई महिना अगाडी नै दिनुपर्ने बताउदै आउने दिनमा करेसवारी थप ब्यबस्थित गर्नुपर्नेमा जोड दिए ।
    त्यस्तै अनुगमन टोलीले अग्नीसाईरकृष्णासवरण गाउपालिका ३ को मटिगढा र वडा २ स्थित स्वास्थ चौकी, सितापुरमा त्यस क्षेत्रका समान्य किसिमको कुपोषित भएका वालवालिकाहरूको उपचार गरिने गरेको वारेमा जानकारी लिएको छ ।
    उक्त स्वास्थ चौकीमा चालु आव ०७५÷०७६ मा ४७ जना समान्य कुपोषण भएका मध्ये २१ जना बालवालिकाहरूलाई रूटिफ पेस्ट उचाई र तौलका आधारमा ३ देखि ५ वटा प्याकेट दिएर कुपोषणबाट जोगाउन उपचार गरेको र बाँकी रहेका वालवालिकाहरू उपचारको क्रममा रहेको स्वास्थ चौकीका ईन्चार्ज हरि नारायण चौधरीले अनुगमन टोली जानकारी गराए ।
    अनुगमन टोलीमा जिसस प्रमुख प्रभाकर यादब, कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादब, नि जिल्ला समन्वय अधिकारी नवराज खडका, बहुक्षेत्रिय पोषण योजना कार्यक्रमका सप्तरी संयोजक मनिष ठाकुर लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस