News Category 2076/02/28
आवश्यक मर्मत एवं संरक्षणको अभावमा रंगशाला गौचरणमा परिणत
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
राजविराजस्थित राजरंगशाला आवश्यक मर्मत एवं संरक्षणको अभावमा अहिले गौचरणमा परिणत भएको छ ।
यता स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको यस रंगशालामा औद्योगिक मेला र राजनीतिक दलका सभा गर्ने स्थलको रुपमा प्रयोग हुन थालेको छ ।
खेलकुद गतिविधिका लागि बनाइएका रंगशाला जिर्ण तथा अतिक्रमणको चपेटामा परिसक्दा पनि रेखदेख र मर्मत तथा सम्भारतर्फ सम्बन्धीत निकायले कुनै चासो देखाउन सकेको छैन् । खेलकुद गतिविधि ठप्प भई औद्योगिक मेला, भोजभतेर तथा राजनीतिक दलका सभाका लागि यो रंगशाला अहिले प्रयोग हुन थालेको छ ।

रंगशालाको सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिट जिर्ण समेत भएको छ । सम्बन्धीत निकायले प्याराफिट नै अतिक्रमण गरि विगत २० वर्षदेखी २ दर्जन परिवार बसेपनि खाली गराउन सकिरहेको छैन् ।
रंगशालाको स्वामित्व राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समितिलाई दिदाँ समेत अतिक्रमित स्थानखाली गराउँन समितिले पनि खासै पहल गरेको देखिदैन् ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख दिनेश भुजेलले पटक पटक अतिक्रमित स्थान खाली गर्न प्याराफिट मुनी बस्दै आएकाहरुलाई सूचना पठाएपनि नटेरेको लाचारी सुनाए ।
उनले अतिक्रमण हटाउँन अन्य निकायबाट पनि सहयोग नपाएको गुनासो पोखे । अत्यन्तै जिर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेलापनि ठुलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक बस्ती खाली गराउँन जादाँ “हामी र्दुघटना भए आफै जिम्मेबार हुनेर्छौ” भनेर त्यहाँ बस्नेहरुले जबाव दिने गरेको समितिका उपाध्यक्ष धीरेन्द्र बर्माको भनाइ छ ।
प्यारापीट जिर्ण र अतिक्रमण हुनु र सोही कारणले विगत १५ वर्षदेखी रंगशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्यास सम्म हुन सकेको छैन । अहिले खेल मैदान वरिपरि दिशा पिसाब गर्नेहरुको संख्या पनि उत्तिकै बढ्दै गएको छ ।
बि. स. २०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको पालामा निमार्ण भएको राजरंगशाला पानी निकासको समस्याले वर्षा याममा जलमग्न समेत हुने गरेको छ । २ बिघा ७ कठा ४ धुर जग्गामा फैलिएको राजरंगशालाको लथालिङ्ग अवस्थाप्रति पटक पटक खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित तथा मौखिक तागेदा गर्दा पनि आश्वासन बाहेक केही नपाइएको स्थानिय खेलाडी तथा खेलप्रेमीको गुनासो छ ।
लथालिङ्ग अवस्थामा रहेको रंगशालाका कारण खेलकुद गतिविधी ठप्प प्रायः छ । जसकारण नयाँ खेलाडी उत्पादन हुन त परै जाओस् पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै खेलाडी तथा खेलपे्रमीले अविलम्ब यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ