News Category 2076/03/01
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन
राजबिराज÷लोकसेवा आयोग बिज्ञापनप्रति आपत्ति जनाउदै शनिबार राजविराजमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला दहन गरिएको छ ।
सप्तरीका विभिन्न बिद्याथी संघसंगठनहरूले राजबिराजस्थित जनआन्दोलन चौकमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउदै अध्यक्ष मैनालीको बिरोध गर्दै पुत्ला दहन गरेको हो ।
पुत्ला दहन पश्चात् आयोजित कोण सभामा बोल्दै राष्ट्रिय बिद्याथी संघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादबले लोक सेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने काम अध्यक्ष मैनाली गरेको भन्दै समावेशीतालाई बेवास्ता गर्दै बिज्ञापन प्रकाशित गरेकोले उनको पु्तला दहन गरेको बताए । समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित पारेको अध्यक्ष यादबले आरोप लगाए ।
सो अवसरमा नेबि संघका जिल्ला अध्यक्ष घनानन्द यादबले संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तर्फ धकेल्न खोजेको आरोप लगाए ।
तयस्तै राष्ट्रिय बिद्याथी संघका जिल्ला अध्यक्ष शम्भु यादबले राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको भन्दै लोक सेवालाई व्यवस्थामार्फत प्रदेश सरकारको अधिकारलाई समेत कुण्ठित र हनन् गरेको आरोप लगाए ।
यसैगरी नेकपा युवा नेता बिनोद यादबले आरक्षरण सम्बन्धि प्रतिशत निर्धारण नयाँ संघीय निजामति ऐन नआए सम्मको लागि ४५५ लाई शतप्रतिशत मानी ३३ ५ महिला, २८५ आदिवासी जनजाती, २२ ५ मधेशी, ९५ दलित हुने व्यवस्था रहेको तर, कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुटाछुटै रुपमा हिसाब गरी निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रकिृयालाई तहसनहस गरेको भन्दै सो विज्ञापन फिर्ता लिन माँग गरे ।
कोण सभामा पूर्व स्ववियु सभापति रामचन्द्र यादब, संघिय बिद्यार्थी फोरमका पूर्व जिल्ला अध्यक्ष तारकेश्वर यादब, राजपा युवा नेता रामकुमार यादबलगायतले लोकसेवा आयोगले गरेको बिज्ञापन तरून्त सच्चाएर पुनः प्रकाशित नगरेमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ