News Category 2076/03/01
प्रदेश २ सरकारद्वारा ३८ अर्ब बढीकोे बजेट सार्वजनिक, प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड
दैनिक समाचारदाता
जनकपुरधाम, १ असार ।
प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कूल विनियोजनमध्ये चालू खर्च तर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार, पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र वित्तीय व्यवस्थातर्फ २० करोड बजेट छुट्याएको हो ।
प्रदेश २ को सदनमा आइतबार अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा जनतासँग कार्यक्रमका लागि १२ लाख, न्यायपूर्ण समाज निर्माणका लागि आवश्यक बजेट छुट्याइने, प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, कर्मचारीलाई एक महिनाको अतिरिक्त तलब लगायतका कुराहरु उल्लेख छ ।
यसैगरी, विद्यालयमा बालिका शौचालयका लागि ५ करोड, घुम्ती शौचालय सञ्चालन, मुख्यमन्त्री किसान आयोजनाका लागि २० करोड, मत्स्य विकास कोषका लागि १४ करोड, माटो परीक्षणका लागि बजेट, शीत भण्डारका ४० करोड, स्वच्छ खानेपानीका लागि विशेष योजनालगायतका शीर्षकहरु समेटिएका छन् ।
यस्तै, खेत–खेतमा पानी, हात हातमा कामका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो । जैविक मल कारखानाका लागि पनि सरकारले बजेट छुट्याएको हो । प्रदेशलाई अँध्यारोमुक्त घोषणााका लागि दुई ठूला योजनाहरुको विकास गर्ने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ