News Category 2076/03/01
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
दैनिक समाचारदाता
राजविराज, १ असार ।
विगत एक सातादेखी चर्को घामसँगैँ बढेको अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
राजविराजमा केहि दिनयता तापक्रम ३८ देखी ४० डिग्रि सम्मपुगेपछि जनजीवन अस्तव्यत बन्दै गएको हो ।
चर्को घाम र प्रचण्ड गर्मीका कारण मानिसहरु घरबाट कमै निस्कनेले गर्दा बजार, कार्यालय र विद्यालय सबैमा चहलपहल न्युन भएको छ । जसकाराण् बजार सुनसान हुनुका साथै विरामीको संख्या भने अस्पताल र प्राइभेट किलनिकहरुमा ह्वातै बढेको छ ।
केही दिनयता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ खटीरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापाखाला लगायत रोगका विरामीको चाप ह्वातै बढेको स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल आकास्मिक कक्षका सिनियर अहेब जयकृष्ण गुरमैताले बताए ।
गर्मीका कारण यस्ता रोगबाट पीडित भई उपचारका लागि आउने विरामीको संख्या दैनिक २० देखी ३० जनासम्महुने गरेको उनको भनाई छ ।
विरामीको चाप बढ्दै गएपछि भुइँमै राखेर भए पनि उपचार सेवा प्रदान गरिरहेको उनले जानकारी दिए । अत्याधिक गर्मीका कारण एकातिर विद्यालयहरुमा विद्यार्थाीको उपस्थिती न्यून हुदै गएको छ भने जिल्लाको मुख्य बजारमा समेत चहलपहल न्यून भई सुनसान देखिएको छ ।
अत्याधिक गर्मीका कारण जनजीवन अत्यन्तै कष्टकर बनाएको भन्दै गर्मी छल्न छहारीका लागी राजविराज नगरपालिका कार्यालयले ठाउँ ठाउँमा अहिलेदेखि नै वृक्षारोपण कार्यक्रम अभियान कै रुपमा चलाउनु पर्ने स्थानीय उमेश यादवले सुझाव पनि दिए ।
यस्तै गर्मी छल्न चिसो पेय पदार्थको समेत निकै विक्रि भइरहेको छ । प्रचण्ड गर्मी र घामले कोठाहरुले पनि तात्ने गरेकाले राति सुत्न समेत सर्वसाधारण घरको छतमाथि पुग्ने गरेका छन् ।
समयमा मनसुन सुरु नहुदा गर्मी अत्याधिक बढेको तथा केहि दिन अझै यस्तै अवस्था रहने मौसम विद्हरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ