News Category 2076/03/01
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि
दैनिक समचारदाता
राजविराज, १ असार ।
सप्तरी जिल्ला ब्याडमिन्टन संघ र हिमालय क्लब राजबिराजको संयुक्त आयोजनामा संचालित जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी निरेन्द्र चौधरी र संजय चौधरीको जोडीले हात पारेका छन् ।
चौधरीद्वयको जोडीले बिनय चौधरी र जोन जसराजको जोडिलाई २१÷१४ र २१÷१९ को सोझो सेटमा पराजित गर्दै जिल्ला स्तरीय व्याडमिन्टनको उपाधि हात पार्न सफल भएका हुन् ।
जेठ ३० गतेबाट संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत जिल्ला स्तरीयमा सुनिल परियार र शुशिल मण्डल तथा सुनिल चौधरी र सचिन चौधरीले तेश्रो स्थान प्राप्त गरेका छन् ।
चार बिद्यामा खेलाइएको उक्त प्रतियोगिता अन्र्तगत सुपर भेट्रान्स तर्फ संजय जोशी र प्रकाश मल्लको जोडी प्रथम तथा सचेन्द्र यादव र देवनारायण चौधरीको जोडी दोश्रो भएका छन् भने गोबिन्द बहादुर खत्रीको जोडि तेश्रो भएका थिए ।
त्यसै गरि भेट्रान्स तर्फ निरेन्द्र चौधरी र दिपेन्द्र चौधरीको जोडिले प्रथम स्थान प्राप्त गरेका थिए भने शम्भु चौधरी र सलिम अस्लम दोश्रो तथा उदय श्रेष्ठ र राजेन्द्र खड्काको जोडिले तेश्रो स्थान प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्र्तगत नै यज्ञराज भण्डारी र राजेन्द्र खडकाको जोडीले नगर स्तरीयमा प्रथम स्थान प्राप्त गरे भने संतोष मण्डल र संजय जोशीको जोडीले दोश्रो स्थान प्राप्त गरेका छन् । उमेश गुप्ता र निरज कर्ण तथा धिरेन्द्र पटेल र मो.फिरोजको जोडीले तेश्रो स्थान प्राप्त गरेका थिए ।
बिजय खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र बर्मा, जिल्ला व्याडमिन्टन संघका अध्यक्ष अरुण शारदा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, आयोजक समितिका संयोजक भोलानाथ साह लगायतले ट्रफि नगद प्रमाण पत्र तथा मेडल बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ