News Category 2070/03/09
निर्धारित समयमै संबिधानसभाको निर्वाचन हुन्छ ः नेता शर्मा
राजविराज÷एकिकृत नेकपा माओवादीका नेता तथा पुर्व शान्तिमन्त्री जनाद्र्धन शर्मा प्रभाकरले निर्धारित मंसीर ४ गतेमै संबिधानसभाको निर्वाचन हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीले शनिबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले निर्वाचनको मिति घोषणासँगै दलहरु निर्वाचनको वातावरण बनाउने तयारीमा जुटिसकेकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।
निर्वाचन आयोग, सरकार र अधिकांश दलहरु निर्वाचनमा केन्द्रीत भईसकेकोले निर्धारित समयमै निर्वाचन हुने निश्चित भईसकेको उहाँले भन्नुभयो । उहाँले निर्वाचनको बिपक्षमा रहेका दलहरुलाई समेत निर्वाचन प्रक्रियामा ल्याउन कसरत भईरहेकोले उहाँहरुपनि निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गर्नुभयो ।
आफ्नो पार्टीले निर्वाचनलाई केन्द्रीत गरि गतिबिधीहरु अघि बढाईरहेको बताउनुहुँदै उहाँले पार्टीको अब बस्ने बैठकले निर्वाचनलाई केन्द्रति गरी सम्बन्धित महत्वपुर्ण निर्णय गर्ने बताउनुभयो ।
जुन उद्देश्यका साथ वर्तमान सरकार गठन भएको छ त्यही उद्देश्य पुर्तिका लागि वर्तमान सरकार अघि बढीरहेको बताउनुहुँदै उहाँले निर्वाचन सफल बनाउन वर्तमान सरकारको राजीनामा माग्नुको साटो सरकारलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
पुर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणले राजनीतिक दलका नेतालाई सचेत गराएको बताउनुहुदै उहाँले मुलुकमा अब कुनै पनि हालतमा राजतन्त्र नफर्कने दाबी समेत गर्नुभयो ।
समयमै ध्यान नदिदाँ मुलुकको बिभिन्न भागमा प्राकृतिक बिपति सृजना भएको उल्लेख गर्नुहुँदै उहाँले प्रकोप पिडीतलाई राहत प्रदान गर्नुपर्ने बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्माको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा माओवादीका केन्द्रीय सदस्य एंव जिल्ला संयोजक उमेश यादव, अर्का केन्द्रीय सदस्य अमर मण्डल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/11/27 होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
- 2081/11/27 छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
- 2081/11/27 वेवारिसे फेला परेको बाछोको राजविराज नगरपालिकाले ग¥यो उपचार
- 2081/11/27 हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
- 2081/11/27 स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
- 2081/11/26 मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका पाँच वृद्धद्वारा आमरण अनसन सुरु
- 2081/11/26 अग्निपीडितलाई गाउँपालिकाको राहत
- 2081/11/26 होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील
- 2081/11/26 अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
- 2081/11/26 तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ