News Category 2076/03/03
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
दैनिक समाचारदाता
राजविराज, २ असार ।
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजस्थित पविमाबिको खेल मैदानमा सुरु भएको छ ।
उद्घाटन खेलमा बोदेबरसाइन थन्डर्स क्रिकेट टिमले गत वर्षको बिजेता बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गरेको छ ।
पहिलो ब्याटिङ गर्दै बोदेबर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा सीमित भएको थियो ।
ब्याटिङ गर्न ओर्लेको बोदेबर्साइनले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । जसमा मुकुन्द यादवले १५ बलमा अविजित ४९ रन बनाएका थिए । यस्तै अमित यादवले अविजित ३४ र पवन दासले ३३ रन बनाएका थिए ।
त्यसतै वारियर्सका लागि हरिशंकर शाहले सर्वाधिक ४५ रन बनाएका थिए । .वारियर्सलाई लक्ष्यसम्म पुग्न नदिन बोदेबर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिएका थिए । यता खेलको प्लेयर अफ द म्याच बादेबर्साइनका मुकुन्द यादव घोषित भए ।
यसअघि प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले अम्पायरिङ गरेर उद्घाटन गरेका थिए ।
सो उद्घाटन समारोहमा भिम दल गणका गणपति गुप्त बहादुर कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव आरएन विश्वास, वडा नम्बर ५ का अध्यक्ष समिर झा, वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ६ का अध्यक्ष प्रेम यादव, वडा नम्बर ५ का रामप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्याम सिंहको उपस्थिति रहेको थियो ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा पाँच टोलिको सहभागिता रहेको छ भने प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिएका छन् ।
गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ