News Category 2076/03/05
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको खेलमा तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्स बिजयी भएको छ ।
सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गरेको हो । यो जितसँगै रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्रै बनाउन सक्यो । डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाएका थिए । यता बलिङतर्फ रुपनीका प्रदिप पासवानले ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २÷२ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो । रुपनीको लागि सोनु अन्सारीले ४४ रन बनाए भने अनोज यादबले ३६ तथा कप्तान मेहबुब आलमले १६ बनाएका थिए । डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा दिपेश कंडेलले ३ विकेट, पुष्प थापा र प्रेम तामांगले २÷२ विकेट लिएका थिए । सो खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए ।
त्यस्तै पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सले दिएको १ सय ३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा गर्यो ।
तिलाठी कोइलाडीको जितमा सुनिल धमलाले अविजित ८४ रन, सुरज पटेलले ३४ रन बनाएका थिए । यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
वारियर्सको लागि कप्तान राजेश पुलामीले ५०, अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए । तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २÷२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १÷१ विकेट लिए । सो खेलमा सुनिल धमला खेलको प्लेयर अफ द म्याच भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ