News Category 2076/03/07
जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
जिल्ला खेलकुद विकास समिति सप्तरीमा विगत एक महिनादेखी लगाइएको ताला खुल्न नसक्दा फाँटफुट हुने गरेको खेलकुद गतिविधि ठप्प भएको । बिहीबार ताला लगाइएको एक महिना पुगेको छ ।
जेठ ७ गतेदेखी लगाइएको ताला खोलाउने तर्फ कसैले चासो नदेखाएपछि तालाबन्दी लम्बिदै गएको हो । २०७१ सालदेखीको आय–व्यय सार्वजनिक नगरेको, विभिन्न प्रतियोगिता तथा पूर्वाधार निमार्णका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको तथा समितिको बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वय नगर्न कार्यालय प्रमुख दिनेश भुजेलले आलटाल गरेको भन्दै समितिकै उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु र कोषाध्यक्ष राजेश चौधरीको अगुवाइमा समितिमा तालाबन्दी गरिएको हो ।
यस अवधिमा दुवै पक्षबीच एक पल्ट भएको छलफलमा कुनै निष्कर्श निस्कन नसकेछि अर्को छलफलको प्रयास कसैबाट भएको छैन । यसरी जिम्मेबार व्यक्तीहरुले चासो नदेखाउँदा खेलकुद गतिविधी ठप्प भई खेलाडीहरुमा निराशा छाएको छ ।
यता कार्यालय प्रमुख दिनेश भुजेलले समितिको अध्यक्ष अमर खवासको समेत हस्ताक्षरमा खाता संचालन गर्न खोज्दा समितिका उपाध्यक्षसहितको केहि पदाधिकारीले विरोध जनाउदै कार्यालय प्रमूख र कोषाध्यक्षको नाममा मात्र खाता संचालन गर्न दवाब दिएकोले समस्या समाधान हुन नसकेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ