News Category 2076/03/07
रुपनी मेयर कपको फाइनलमा
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
राजविराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा रुपनी राइडर्स प्रवेश गरेको छ ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा पबिमाबिको क्रिकेट मैदानमा संचालित उक्त प्रतियोगितामा शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्सले बोदे बसाईनलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो ।
यता शुक्रबारै सम्पन्न अर्को खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको छ । अंक तालिमा रुपनी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । दोश्रो स्थानमा भने डाक्नेश्वरी, तेश्रोमा तिलाठी कोयलाडी, चौथोमा बोदेबरसाईन र पाँचौमा सडक रहेको छ ।
लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागनबीच हुने तथा सोही खेलका बिजेताले रुपनीसँग फाइनलमा भिड्ने छ ।
शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले १ सय १२ रनले बोदेबरसाइनलाई पराजित गरेको छ । रुपनीले पहिलो ब्याटिङ गर्दै २७४ रनको बनाएको थियो । सो रनको लक्ष्य पछ्याउदै बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सफल भयो ।
यस्तै पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा भेटाउको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ