News Category 2076/03/07
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयक फिर्ता लिन माँग गर्दै थालेको तिन दिने हस्ताक्षर संकलन अभियानको शुक्रबार समापन गर्दै संकलित हस्ताक्षर ब्यानर प्रधानमन्त्रीलाई बुझाएको छ ।
महासंघले तेश्रो चरणको आन्दोलन कार्यक्रम अन्तरगत प्रेस स्वतन्त्रताको पक्षमा मंगलबारदेखी हस्ताक्षर अभियान शुरु गरेको थियो ।
सदरमुकाम राजविराजस्थित पत्रकार महासंघको कार्यालयबाट शाखा सभापति जितेन्द्र खड्गा तथा महासंघका केन्द्रिय सदस्य अवधेश झाको अगुवाईमा हस्ताक्षर संकलन गरिएको ब्यानरसहित निस्केको संचारकर्मीहरुको जुलुसले बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ब्यानर बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संकलित हस्ताक्षर ब्यानर बुझेर तत्कालै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा महासंघका केन्द्रिय सदस्य झाले मिडिया काउन्सील विधेयकमा भएका प्रेस स्वतन्त्रता कुन्ठित गर्ने प्रावधान सरकारले फिर्ता नलिएसम्म विभिन्न खालका आन्दोलन जारि रहने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ