News Category 2076/03/07
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयक फिर्ता लिन माँग गर्दै थालेको तिन दिने हस्ताक्षर संकलन अभियानको शुक्रबार समापन गर्दै संकलित हस्ताक्षर ब्यानर प्रधानमन्त्रीलाई बुझाएको छ ।
महासंघले तेश्रो चरणको आन्दोलन कार्यक्रम अन्तरगत प्रेस स्वतन्त्रताको पक्षमा मंगलबारदेखी हस्ताक्षर अभियान शुरु गरेको थियो ।
सदरमुकाम राजविराजस्थित पत्रकार महासंघको कार्यालयबाट शाखा सभापति जितेन्द्र खड्गा तथा महासंघका केन्द्रिय सदस्य अवधेश झाको अगुवाईमा हस्ताक्षर संकलन गरिएको ब्यानरसहित निस्केको संचारकर्मीहरुको जुलुसले बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ब्यानर बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संकलित हस्ताक्षर ब्यानर बुझेर तत्कालै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा महासंघका केन्द्रिय सदस्य झाले मिडिया काउन्सील विधेयकमा भएका प्रेस स्वतन्त्रता कुन्ठित गर्ने प्रावधान सरकारले फिर्ता नलिएसम्म विभिन्न खालका आन्दोलन जारि रहने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ