News Category 2076/03/09
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सरसफाई मजदुरहरुले आईतवार राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीको अगुवाईमा सरसफाई मजदुरहरुले राजविराज ¥याली प्रदर्शन गर्दै राजविराज नगरपालिका कार्यालय पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गर्नुपर्ने माग गर्दै सो ज्ञापनपत्र बुझाएका हो ।
अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीका अध्यक्ष अजयकुमार मेहतरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा राज्यले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गरिएको छ ।
सो अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देव, महासंघका सदस्य आनन्दकुमार मुखिया, बिद्युतीय रिक्सा मजदुर संघका अध्यक्ष रामचन्द्र यादव लगायतको पनि सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ