News Category 2076/03/09
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सरसफाई मजदुरहरुले आईतवार राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीको अगुवाईमा सरसफाई मजदुरहरुले राजविराज ¥याली प्रदर्शन गर्दै राजविराज नगरपालिका कार्यालय पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गर्नुपर्ने माग गर्दै सो ज्ञापनपत्र बुझाएका हो ।
अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीका अध्यक्ष अजयकुमार मेहतरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा राज्यले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गरिएको छ ।
सो अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देव, महासंघका सदस्य आनन्दकुमार मुखिया, बिद्युतीय रिक्सा मजदुर संघका अध्यक्ष रामचन्द्र यादव लगायतको पनि सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ