News Category 2076/03/09
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
प्रदेश २ सरकारले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई आयश्रोत जुटाउन तथा जिविकोपार्जनका लागि एक थान उन्नत जातका दुधालु भैसी वितरण गरेको छ ।
प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको संयोजनमा आइतबार सप्तरीको मलेठबाट उक्त भैसी वितरण गर्दै कार्यक्रमको सुरुवात गरेको हो ।
२०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप सप्तरीका १८ जना सहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक÷एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो ।
दैनिक १० देखी १२ लिटरसम्म दुध दिने उक्त उन्नत जातका भैसीको रेखदेख, गोठ निर्माण, औषधी र आहाराका लागि नगद ३० हजार समेत प्रदान गरिएको मन्त्रालयका सचिव बिजयकान्त झाले जानकारी दिएका छन् ।
उक्त भैसी बितरण कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले सहिदहरुको सम्मान गर्दै उनीहरुको परिवारको लालनपालनका लागि निम्ति प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
उनले प्रदेश सरकार सहिद परिवारका एक जनालाई रोजगारीको अवसर प्रदान गरेको तथा निकट भविष्यमा उनीहरुको बालबालिकाहरुलाई विशेष छात्रबृति दिने जानकारी दिए । सहिदहरुको बलिदानीकै कारण प्रदेश सरकार गठन भएको उल्लेख गर्दै मन्त्री साहले आन्दोलनका क्रममा सहिद भएका परिवार र घाइतेहरुलाई प्रदेश सरकार अभिभावक बनेर जिविकोपार्जन गर्ने बताए ।
प्रदेश २ सरकारले आठवटै जिल्लाका ५८ जना सहिद भएका परिवारजन तथा ६४ जना आन्दोलनका क्रममा घाइते भएका गरि १ सय २२ जनालाई भैसी प्रदान गरिने मन्त्रालयका सचिव झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ