News Category 2076/03/09
रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
राजविराजमा संचालित दोश्रो मेयर कप सप्तरी प्रिमियर लिगको उपाधी डाक्नेश्वरी ड्राइगनले हात पारेको छ ।
स्थानिय पविमाविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा डाक्नेश्वरी ड्राइगनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै सो उपाधी हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको रुपनी राइडर्सले निर्धारित २० ओवरमा ९ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो । चर्चित राष्ट्रिय खेलाडी तथा रुपनीका कप्तान महबुब आलम जम्न नसकेपछि १ सय १५ रनको चुनौती मात्र पेश गर्न सक्यो । आलमले १४ रनको मात्र योगदान दिएका थिए ।
१ सय १६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको डाक्नेश्वरी ड्राइगनलाई त्यो झिनो लक्ष्य प्राप्त गर्न ओवरको अन्तिम बलसम्म पर्खिनु परेको थियो । अन्तिम बलमा १ रन जोड्दै डाक्नेश्वरी ड्राइगनले बिजयी लक्ष्य प्राप्त ग¥यो । त्यो लक्ष्य भेटाउने क्रममा डाक्नेश्वरीले आफ्नो ८ विकेट गुमाएका थिए ।
बिजयीसँगै डाक्नेश्वरी ड्राइगनले २ लाख नगद तथा ट्रफि प्राप्त गरे भने उपबिजेता रुपनी राइडर्सले १ लाख नगदसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेलका म्यान अफ द म्याच डाक्नेश्वरीका कप्तान पुष्प थापा र सोही टिमका रोबिन सिंह उत्कृष्ट बलर घोषित भए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अनसारी घोषित भए ।
गत ३ असारदेखी सुरु भएको प्रतियोगितामा चर्चित खेलाडीसहित जिल्लाका पाँच टिमको सहभागिता थियो ।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगिताको समाप्तिपछि क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, क्रिकेट संघका केन्द्रिय सदस्य शैलेश चौधरी, वडा अध्यक्ष समिर झा लगायतले बिजेता, उपबिजेता, अम्पायर तथा सहयोगिहरुलाई पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ