News Category 2076/03/10

अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद

दैनिक समाचारदाता

अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद

दैनिक समाचारदाता
राजविराज, ९ असार । 
    राजबिराजस्थित विभिन्न पसलहरुमा सोमबार अनुगमन गर्दा मूल्य सूचि नराखेको तथा म्याद गुज्ररेको सामग्रीहरू फेला पारिएको छ ।
    घरेलु तथा साना उद्योग कार्यालय राजबिराजका प्रमुख संतोष कुमार साहको अगुवाईमा बजार अनुगमन गर्ने क्रममा पसलहरूमा मूल्य सूचि समेत नराखेको पाइएको छ । 
    अनुगमनकै क्रममा हटियास्थित नागमणी किराना पसलमा म्याद गुज्रेका परमात्मा तेल ५ लिटर, पहलमान तेल अनुमानित १० लिटर उल्लेखित सामानहरू नष्ट गरिएको अनुगमन टोलीका सदस्य सुरेश कुमार सिंहले जानकारी दिएका छन् ।
    त्यसै गरी राजदेबी किराना पसल र प्रेम किराना पसलमा म्याद गुज्रेर लेवल नभएका सामग्री भए बिक्री बितरण नगर्न निर्देशन दिइएको उनले बताए ।
    यसैगरी राजबिराजको गोबर्धन किराना र गंगा किराना पसलको सरसफाई गरि खाद्यान्य सामग्री मिलाई ब्यबस्थित तरिकाले राख्ने र साईन वोर्ड र मूल्य सुचीलाई नियमित राख्ने निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संतोष साहले बताए ।
    सो अनुगमनमा उद्योग बाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साह, उपभोक्ता हकहित मंचका अध्यक्ष राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मंचका रामकुमार यादब, पत्रकार चन्दन यादब, बैद्यनाथ झा, संजीव बिक्रम साह, लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट