News Category 2076/03/12
जग्गा विवादमा परिवारै कुटिए
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
जग्गा विवादमा एक पक्षको कुटाईबाट दुई वर्षिय अबोध बालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्थाको गम्भिर छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा बुधबार बिहान जग्गा विवादमा एक पक्षको कुटाईबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कंचन, चन्द्रिका, अमेरिका र दुई वर्षिय नाती नितिश घाइते भएका छन् ।
घाइते सबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये टाउँकोमा गम्भिर चोट लागेका दुखी मालीको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जग्गाको आली जबरजस्ति मिच्न खोज्दा रोक्ने क्रममा सोही वडा निवासी लालदेव माली, राजु माली, प्रभात माली, अनुराग माली लगायतका समूहले एक्कासी घरेलु हतियारले आक्रमण गरेको घाइते चन्द्रिका कुमारी मालीले बताईन् । कुटपिटबाट काँखमा बोकेको दुई वर्षिय नाती नितिश पनि घाइते भएको पारु मालीले सुनाईन् ।
घटनापछि आरोपि सबै फरार रहेको गाउँलेहरुले बताएका छन् । घटनाको अनुसन्धान तथा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ