News Category 2076/03/12
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती बारे अख्तियारले थाल्यो छानबिन
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराजस्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती गरेको कार्यमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
जिल्ला खेलकुद विकास समितिले बि.स. २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ ।
तत्कालिन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख र अध्यक्षसँगको मिलोमतोमा बजेट अनुसारको कामै नगरि भुक्तानी गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको श्रोतले जनाएको छ ।
आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको प्राबिधिकसहितको तीन सदस्यीय टोलीले बुधबारदेखी राजरंगशालामा पुगि खेलमैदानको विभिन्न भागमा उत्खनन् र नापजोखसँगै अनुसन्धान अघि बढाएको हो ।
सो क्रममा अख्तियारको टोलीमा सम्मिलित आयोगका एक अधिकारील प्रारम्भिक अनुसन्धानमै सम्झौता र भुक्तानी अनुसारको काम नभएको पाइएको जानकारी दिदै रंगशाला खेल मैदानको स्तरोन्नतीका लागि थालिएको प्रक्रिया, भुक्तानी, सम्झौता पत्र र बिल भरपाई लगायतका सबै कागजपत्र नियन्त्रणमा लिई अध्ययन समेत भइरहेको बताए ।
जिल्ला खेलकुद विकास समितिले आर्थिक वर्ष २०७३÷७४ मा रंगशालाको खेलमैदान स्तरोन्नतीका लागि टेण्डर आह्वान गरेपछि २५ लाखमा निर्माण कार्यको ठेक्का उदय निर्माण सेवाले पाएको थियो ।
यता सो खेल मैदानमा २०७३÷७४ मा २५ लाख तथा २०७४÷७५ मा १४ लाखको स्तरोन्तीको नाममा टेण्डर आहवान गरिएको थियो । तर रंगशाला भने पहिलेको भन्दा पनि अझै जिर्ण र जरजर अवस्थामा पुगेको छ । ध स्राजरंगशाला आवश्यक मर्मत एवं संरक्षणको अभावमा अहिले गौचरणमा परिणत समेत भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ