News Category 2076/03/12
बस र शुमो ठोक्किदा पाँच जना घाइते
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं.१ कोशी ब्यारेकको ४१ नम्बर ढोकास्थित बस र टाटाशुमो एकआपसमा बिहीबार ठोकिंदा पाँच जना घाइते भएका हुन् ।
काठमाडौंबाट काकडभिटातर्फ जाँदै गरेको ना.६ख ९९८२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना१ज ६५६६ नम्बरको टाटाशुमो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइतेहरुमा दिक्तेल नगरपालिकाकी बबिता श्रेष्ठ, खोटाङ्ग सातेला गाउँपालिकाकी पूर्णकुमारी राई, सोही गाउँपालिकाका वर्षीय सन्तोष राई, टाटाशुमो चालक खगेन्द्र श्रेष्ठ र एक जानको नाम ठेगाना नखुलेका व्यक्ति रहेका छन् ।
घाइते सबैको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यता बस प्रहरी चौकी कोशी ब्यारेको नियन्त्रणमा रहेको छ भने टाटाशुमो ईलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणका रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ