News Category 2076/03/12
बस र शुमो ठोक्किदा पाँच जना घाइते
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं.१ कोशी ब्यारेकको ४१ नम्बर ढोकास्थित बस र टाटाशुमो एकआपसमा बिहीबार ठोकिंदा पाँच जना घाइते भएका हुन् ।
काठमाडौंबाट काकडभिटातर्फ जाँदै गरेको ना.६ख ९९८२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना१ज ६५६६ नम्बरको टाटाशुमो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइतेहरुमा दिक्तेल नगरपालिकाकी बबिता श्रेष्ठ, खोटाङ्ग सातेला गाउँपालिकाकी पूर्णकुमारी राई, सोही गाउँपालिकाका वर्षीय सन्तोष राई, टाटाशुमो चालक खगेन्द्र श्रेष्ठ र एक जानको नाम ठेगाना नखुलेका व्यक्ति रहेका छन् ।
घाइते सबैको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यता बस प्रहरी चौकी कोशी ब्यारेको नियन्त्रणमा रहेको छ भने टाटाशुमो ईलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणका रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ