News Category 2076/03/13
महिला सप्तरी प्रिमियर लिग. सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारदेखी राजविराजमा सुरु भएको छ ।
राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा सुरुङ्गाले खडकलाई ८ बिकेटले पराजित गरेको छ ।
टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो ।
८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए । सुरुङ्गाका लागि रोमा थापाले नटआउट ३४ रन बनाए वापत म्यान अफ दि म्याच घोषित भईन् ।
यसअघि प्रतियोगिताको उद्घाटन सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन राजबिराज नगरपालिकाका उपप्रमुख साधना झा, सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उप प्रमुख यासमिन सुल्तानले संयुक्त रुपमा क्रमश ः ब्याटिंग, बलिङ र किपिंग गरेका थिए ।
कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम तिलाठिकोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ