News Category 2076/03/16
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् । पीडित जशोधियादेवीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको अयोजना गरि पछिल्लो पटक भतिजा कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको बताईन् । सो दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीकी छोरी सरस्वती समेत कुटिएकी छिन् । उनी आमालाई जोगाउने क्रममा कमलदेवबाट कुटिएकी हुन् ।
पत्रकार सम्मेलनमा जशोधियादेवीले भनिन, “पछिल्लो पटक शनिबार मलाई कुटपिट गरिरहँदा छोरीले बचाउन खोज्दा भतिजाले छोरीलाई समेत कुटपिट ग¥यो, कुटपिटबाट छोरी गम्भिर घाइते भईन्, उनलाई स्थानिय अस्पतालदेखी बिराटनगरसम्म उपचार गराउनु प¥यो ।”
कुटपिटको विषयमा वडा कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसमक्ष पुग्दा कतैबाट उनीमाथी कारवाहीको पहल हुन नसकेको उनको भनाई छ । बोक्सीको आरोप लगाएर कुटपिट गर्ने हवल्दार यादवमाथी प्रहरीमा निवेदन दर्ता गर्न खोज्दा नमानेको समेत उनको आरोप छ ।
उनले भनिन्, “मलाई कुट्दा म सहेर बस्थे तर, पछिल्लो पटक मेरो छोरी समेतलाई कुटपिट गर्दै घाइते बनाएपछि म सहन सकिन्न् अनि वडा कार्यालय, स्थानिय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सम्म पुग्दा कतै न्याय नपाएपछि बाध्य भई संचारकर्मी माझ आउनु प¥यो ।”
जशोधियादेवीको एक छोरा र बुहारी रहेकोमा हाल उनी बुहारीसँगै बस्दै आएकी छिन । छोरा भने बैदेशिक रोजगारमा छन् । काठमाडौंमा कार्यरत प्रहरी हवल्दार कमलदेव भने बिदामा गाउँमा आएको बेला बोक्सी भनेर कुटपिट गर्दै आएको जशोधियादेवीको आरोप छ ।
यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भावेश रिमालले घटना बारे बास्तविकता बुझ्न दुबै पक्षलाई बोलाइएको जानकारी दिदै दोषि पाइएकालाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ