News Category 2076/03/18
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह

दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउन सबै सरोकारवाला तथा जनप्रतिनीधिहरुको सामाजिक दायित्व रहेको बताएका छन् ।
नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा मंगलबार आयोजित वैदेशिक रोजगार प्रवद्र्धनको लागि समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ।
उनले वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने कारणले गर्दा अकालमै ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरे ।
प्रमुख साहले बैदेशिक रोजगार जानु पूर्व सबैतर्फबाट सहयोग तथा सूचना आदान प्रदान र सम्बन्धीत निकायबाट आवश्यक सुझाव लिएर गएमात्र रोजगारी सुरक्षित हुने जिकिर गरे ।
त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले वैदेशिक रोजगारका क्रममा आउने समस्या तथा ठगिने प्रबृती दलालहरुबाट हुने गरेको बताए । उनले समुदायका व्यक्तिहरु आफु पनि ध्यान नदिनु, सीप नसिकी वैदेशिक रोजगारीमा जानु, सूचना नलिई जानु र नेपाल सरकारको निगरानी स्थानीय स्तरमा नहुनु लगायतका समस्याका कारण सुरक्षित बैदेशिक रोजगारी नभएको उल्लेख गरे । उनले वैदेशिक रोजगारमा जाने युवाहरु सचेत हुनुपर्नेमा जोड समेत दिए ।
आयोजित कार्यक्रममा युवाहरु वैदेशिक रोजगारीमा गई फर्केका र परिवारका सदस्यहरु वैदेशिक रोजगारमा प्रत्यक्ष संलग्न भएपनि नेपाल सरकारले अवलम्वन गरेका आधारभुत कानुनी कागजातहरु बारे जानकारीको अभाव रहेको पाइएको जनाइएको छ ।
सहभागि भएका जनप्रतिनीधिहरुले आप्mनै परिवारका सदस्यहरु पनि ठगिमा परेको र समुदायमापनि अनेकौ समस्या तथा चुनौतीहरु दलालबाट सृजना हुने गरेको गुनासो समेत गरे । नेपाल सरकारले एजेन्टको व्यवस्था खारेज गरे पनि समुदायमा दलालहरुको विगविगि रहेकोले स्थानिय सरकारले यसलाई गम्भिरतापूवर्क लिनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
यता सहभागि भएका २८ जना परिवारबाट ३४ जना वैदेशिक रोजगारीमा काम गर्दै आएको तर, घर परिवारमा कागजात नराखेको पाईएको कार्यक्रमलाई सहजिकरण गरेका सुरक्षित आप्रवासन परियोजनाका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए ।
संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शुवर्ण घिमिरे, वडा नं. १ का अध्यक्ष विजयकुमार चौधरी, वडा नं. ८ का अध्यक्ष उमेश यादव, वडा सदस्य छोटेलाल साहलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ