News Category 2076/03/18
एक बालकसहित तीनको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको छुट्टाछट्टै स्थानमा भएको घटनामा परि एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पोखरीमा डुबेर स्थानिय ४ वर्षीय बालक सहप शेखको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको सरकारी पोखरीमा पानी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित खेतमा बेवारिसे शव फेला परेका छ । करिब साढे ५ फिट उचाईको र घाँटीमा मोतीको जस्तो देखिने हार लगाएको ३५ वर्षको पुरुषको शव पानी जमेको खेतमा भेटिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
त्यस्तै सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ मुतनी खोलाको पुलभन्दा पश्चिमतर्फ खेतमा राजगढ गाउँपालिका ५ का ६० वर्षीय सकलदेव रामको शव फेला परेको छ ।
यता तिनै स्थानको घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ