News Category 2076/03/18
एक बालकसहित तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको छुट्टाछट्टै स्थानमा भएको घटनामा परि एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पोखरीमा डुबेर स्थानिय ४ वर्षीय बालक सहप शेखको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको सरकारी पोखरीमा पानी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित खेतमा बेवारिसे शव फेला परेका छ । करिब साढे ५ फिट उचाईको र घाँटीमा मोतीको जस्तो देखिने हार लगाएको ३५ वर्षको पुरुषको शव पानी जमेको खेतमा भेटिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
त्यस्तै सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ मुतनी खोलाको पुलभन्दा पश्चिमतर्फ खेतमा राजगढ गाउँपालिका ५ का ६० वर्षीय सकलदेव रामको शव फेला परेको छ ।
यता तिनै स्थानको घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ