News Category 2076/03/19
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, १८ असार ।
सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रले आफ्नो ३२ औं वार्षिकोत्सव बुधबार मनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन समितिको आयोजनामा मनाइएको वार्षिकोत्सवको अवसरमा वक्ताहरुले औद्योगिक क्षेत्रमा विगत भन्दा राम्रो व्यवस्थापन भएको बताएका छन् ।
सो अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्योग संचालनमा उद्योगिहरुलाई कुनै कठिनाई आए गाउँपालिकाले सहजिकरण गरेर त्यसलाई निराकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगका संचालकहरुले उद्योग धन्दाका लागि अहिले पनि व्यापक सुधारको खाँचो रहेको औल्याएका छन् । त्यहा संचालनमा रहेको मिलन डेरीका संचालक मिलन सिंहले पानीको व्यवस्थापन, औद्योगिक सुरक्षा बलको स्थापना, पानी निकासीको व्यवस्था लगायतका समस्याहरु समाधान भए उद्योगहरु संचालनमा सजिलो हुने बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख दिपक आचार्यको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सवमा त्यहा संचालनमा रहेका उद्योगहरुको संचालक, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, संचारकर्मी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, नायब सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
बि.स. २०४४ सालमा भारतीय सहयोगमा शिलान्यस भएको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र २ सय ९४ रोपनी (साढे २२ विघा) मा फैलिएको छ । त्यसपछि २०५१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरिसकेपछि यसमा ९ वटा उद्योगहरु संचालनमा आएका थिए । पटक पटक उद्योग बिहीन बन्दै आएको सो औद्योगिक क्षेत्रमा हाल नयाँ र पुराना गरि झण्डै एक दर्जन उद्योगहरु संचालनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ