News Category 2076/03/21
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता
राजविराज÷सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी एक महिला र उनको एक छोरालाई प्रहरी र स्थानियवासीले जिवित्तै उद्दार गरेको छ । बाँकी तीन बच्चा भने वेपत्ता छन् ।
सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षिया रोशना खातुन तथा उनका पाँच वर्षिय छोरा तहसिललाई प्रहरी र स्थानियवासीले बेहोस अवस्थामा उद्दार गरेका हुन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीको दक्षिण भागमा चार बच्चासहित रोशना शुक्रबार राती हामफालेकी थिइन् ।

शुक्रबार राती महिला चार सन्तानसहित कोशीमा हामफालेको स्थायिनले देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउना साथ प्रहरी टोलीले स्थानीयसँग मिलेर खोजिकार्य सुरु गरेको थियो । राती १० बजेतिर घटनास्थल भन्दा ५ सय मिटर टाढाँ खातुनका चार वर्षिय छोरा तहसिललाई बेहोस अवस्थामा उद्दार गरिएको थियो । रातभर खोजी कार्यमा व्यस्त रहेका प्रहरी र स्थानियवासीले आमा खातुनलाई पनि शनिबार बिहान ६ बजेतिर घटनास्थलबाट तीन किलोमिटर टाँढाबाट बेहोस अवस्थामा उद्दार गरेको छ ।
आमा छोरा दुबैको अहिले भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ भने खातुनका दुई र तीन वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तकोशी नदीमा अहिले पानीको बहाब उच्च रहेकाले वेपत्ता बालबालिकाहरुलाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ ।
वेपत्ता बालबालिकाको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिएका छन् । उनले जिवितै उद्दार गरिएकी खातुनले घाटीमा बोकेको पर्सबाट गोलबजारबाट कोशी ब्यारेजसम्मको बसको टिकट तथा एक थान मोबाइल फेला परेको जानकारी पनि दिए । कुन कारणले ती महिलाले चार सन्तानसहित नदीमा हामफालेर आत्महत्या गर्न खोजेको बारे अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ