News Category 2076/03/22
तीन बालबालिका अझै वेपत्ता
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी रोशना खातुनकी तीन सन्तान अझै वेपत्ता छन् ।
पति तैयवसँग विवाद हुँदा शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित सप्तकोशी नदीमा हामफालेकी थिइन् ।
रोशना र उनका ४ वर्षिय छोरा मो. तहसिलको शनिबार प्रहरीले जिवित्तै उद्दार गरेपनि उनको २ र ३ वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता छिन् ।
शुक्रबार देखिनै कंचनपुर प्रहरी कार्यालय सप्तरीका डिएसपी मकेन्द्र मिश्रको नेतृत्वको सुरक्षाकर्मीको टोली तथा गोताखोर टोलीद्वारा वेपत्ता तीन जनाको खोजी कार्य तिब्र बनाइएपनि आइतबार साँझसम्म सफलता हात नलागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तकोशी नदीमा दुई दिनयता पानीको वहाव उच्च रहेकोले बालबालिकालाई खोज्न कठिन बन्दै गएको डिएसपी मिश्रले बताए । सप्तकोशीमा अहिले पानीको उच्च बहाव देखिएको छ, डिएसपी मिश्रले भने, “त्यही उच्च बहावले बगाएर धेरै टाढासम्म पु¥याएको हुन सक्ने अनुमानसहित घटनास्थल आसपास तथा धेरै टाढासम्म सुरक्षाकर्मी र गोताखोर टोली खोजिका लागि परिचालित गरेका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ