News Category 2076/03/24
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
यूवा स्वरोजगार कोष जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीको संयोजन तथा ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको आयोजनामा सोमबार असल ऋणीहरुलाई ब्याज अनुदान बितरण गरिएको छ ।
ग्लोबल बहुमुखी सहकारी संस्थाले यूवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम ऋण लिएवापत समयमै सावा तथा ब्याज बुझाउने २४ जना ऋणीलाई ब्याजको ६० प्रतिशत रकम अनुदान दिएको हो ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौेडलले नेपाल सरकारले बेराजगारलाई स्वरोजगार बनाउनका निम्ति कार्यक्रम ल्याए पनि अधिकांश ऋणीहरुले समयमा सावा ब्याज नतिर्ने गरेकाले कार्यक्रमको उद्देश्यनै धरापमा पर्न गएको जिकिर गरेका छन् । उनले यूवा स्वरोजगार कार्यक्रम अन्तरगत दिइने रकम झण्डै ब्याजबिहीन नै रहेकोले सो रकम पनि ऋणीहरुले समयमै तिर्ने नगरेको तथा संस्थाहरुले समेत उक्त रकमको सदुपयोग गर्ने नगरेको पाइएको जानकारी दिए ।
प्रजिअ पौडेलले सरकारको लगानी खेर जान नदिन ऋणीहरुले समयमै सावा ब्याज तिरी असल ऋणको परिचय दिन आग्रह गर्दै सरकारले पहिलो २ लाख रकम दिने गरेकोमा अहिले २ देखी ५ लाखसम्म स्वरोजगारका लागि रकम दिने गरेको जानकारी समेत दिए । बिना धितो संस्थाले रकम दिइरहँदा ऋणीहरुले सो रकमलाई सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
प्रजिअ पौडेलले ग्लोबलले यूवा तथा स्वरोजगार कोषबाट दिएको रकमको सावा र ब्याज समयमै तिरेर २४ जना ऋणीहरुले ब्याजको रकमको ६० प्रतिशत रकम अनुदान पाएकोमा ती ऋणीहरुको प्रशंसा समेत गरे ।
ग्लोबलका बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवको अध्यक्ष तथा प्रजिअ पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा यूवा स्वरोजगार कोष जिल्ला समन्वय समितिका संयोजक हरिदेव चौधरी, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, राजपाका जिल्ला संयोजक अमरनाथ मंडल, संस्थाका उपाध्यक्ष मुरली प्रसाद यादव लगायतका वक्ताहरुले कोषको रकम सदुपयोग गर्न ऋणीहरुलाई सुझाव दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेष रिमाल, सशस्त्र प्रहरीका उपरिक्षक, संचारकर्मी, ऋणीलगायतकाको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ