News Category 2076/03/24
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली

दैनिक समाचारदाता
राजविराज, २३ असार ।
दिनहु जसो हुने सवारीसाधनको दुर्घटनालाई न्युनिकरण गर्दै मानविय क्षतिलाई कम गर्न उद्देश्यले राजविराज जनचेतनामूलक रयालीको आयोजना गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र राजबिराज ट्राफिकको आयोजनामा समुदाय ट्राफिक प्रहरी साझेदारी अभियान अन्तर्गत सोमबार राजविराजमा सर्वसधारणका लागि एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिएको छ ।
ट्राफिक कार्यालय राजबिराजवाट निकालिएको जनचेतनामुलक ¥याली राजबिराजको रूपनी बसस्टेनदेखी गजेन्द्र चौक, दशन चौक, अदालत लाईनहुँदै पुनः गजेन्द्र चौकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार रामले अब्यबस्थित पार्किंङ्ग र सर्वसधारणलाई ट्राफिकको ज्ञान नभएको कारण दुर्घटना हुने गरेकोले सुरक्षित रूपमा सवारीसाधनको प्रयोग गर्न आग्रह गरे ।
सो अवसरमा शम्भुनाथ ट्राफिक कार्यालयका ईन्चार्ज एवं ईन्सपेक्टर छबिरमण भटराईले सवारी साधनको जथाभाबी पार्किङ्ग, बिना हेल्मेट मोटरसाईकल चलाउदाँ र मादक पदार्थ सेवन गर्दा गाडी चलाउदाँ दुर्घटना हुने बताए ।
उनले भने हेल्मेट प्रहरीसँग बच्नका लागि नभई आप्mनो परिवार र प्रियजनसँग भेटका लागि लगाउन आग्रह गर्दै मोटरसाईकलमा तीन जना चढी यात्रा नगर्ने आग्रह समेत गरे ।
अकाल मृत्यु हुनवाट जोगिन, सवारीसाधन चलाउदाँ हेल्मेट प्रयोग गर्ने, मादक पदार्थ सेवन गरि सवारी नचलाउने, तोकिएको स्थानमा मात्र सवारी पार्किङ्ग गर्ने, पैदल यात्रीले सडकको पेटी प्रयोग गर्ने, सवारीसाधान चलाउदाँ सिट वेलटको प्रयोग गर्ने, सुरक्षित ड्राईभिङगले तपाईको जीवन बचाउने भएको सुरक्षित भएर यात्रा गर्न जनचेतनामूलक कार्यक्रम गरेको राजबिराज ट्राफिक ईन्चार्ज नन्दकिशोर मण्डलले जानकारी गराए ।
सो अवसरमा अखिल मजदुर ट्रेड युनियन अध्यक्ष केदार देव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार चन्दन कुमार यादब, यातायाता संघ, टेम्पु मजदुर सँघ तथा बिद्याथीहरूले ट्राफिक ब्यबस्थापनलाई ब्यबस्थित गर्न स्थानिय सरकार तथा सर्वसधारण बिना पार्किङ्ग ब्यबस्थित गर्न नसक्ने भएकोले सबैको सहयोग अपरिहार्य रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ